चितवनको भरतपुर अस्पतालमा तीन डायलासिस मेसिन थप

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...
1 Min Read

पुस ६, काठमाडौँ | भरतपुर अस्पतालले मिर्गौलाको डायलासिस मेसिन कम भएपछि थप गरेको छ। अस्पतालले तीन वटा मेसिन थप गरी सेवा विस्तार गरेको हो।अस्पतालमा यसअघि नौ मेसिनबाट सेवा दिँदै आएकामा तीन थप गरी १२ वटा मेसिनबाट सेवा नियमित दिएको अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीले बताए।

उनका अनुसार समितिले निर्णय गरेर थप तीनवटा मेसिन खरिद गरी जडान गरिसकिएको छ। पुस १ गतेदेखि नै नयाँ जडान गरिएका मेसिनबाट पनि सेवा सुरु भइसकेको उनले जानकारी दिए।

अस्पतालमा डायलासिस उपचारका लागि आउने विपन्न बिरामीको रजिष्ट्रेशन र परीक्षण शुल्क मिनाहा गर्ने निर्णयसमेत समितिले गरेको छ। रजिस्ट्रेसन शुल्क मिनाहा पाउने बिरामीको डायलासिसको सिलसिलामा ब्लड सुगर, एस क्रिटिनाइन, सिबिसी र सोडियम पोटासिम परीक्षणसमेत निःशुल्क गर्ने निर्णय भएको अधिकारीको भनाइ छ।

अस्पतालमा मेसिनको सङ्ख्या कम हुँदा बिरामीले लामो समय पालो पर्खनुपर्ने बाध्यता थियो। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्राडा कृष्णप्रसाद पौडेलले मेसिन थप गरी नियमित सेवा दिन थालेपछि बिरामीलाई केही हदसम्म भए पनि सहज भएको बताए।

उनले दैनिक चार चरणमा ३५ देखि ४० बिरामीको डायलासिस गराइरहेको जानकारी दिए।शनिबार दुई चरणमा डायलासिस गराउँदै आएको उनको भनाइ छ। मिर्गौला डायलासिस गराउनुपर्ने बिरामीले हप्तामा कम्तीमा एकपटक गराउनैपर्ने र बिरामीको अवस्था हेरी कसै कसैलाई दुईपटक गर्नुपर्ने उनको भनाइ छ।

Share This Article
Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply