२०८२, ३ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बङ्गलादेश ‘स्वर्ण वर्ष सम्मान–२०२२’डा रिजाललाई

२०७८, २० पुष मंगलवार ११:२२

पुस २०, काठमाडौँ | बङ्गलादेशस्थित ‘वल्र्ड फ्रेन्डसिप फाउन्डेशन’ले वरिष्ठ चिकित्सक डा भोला रिजाल र नेपाल बङ्गलादेश मैत्री सङ्घका अध्यक्ष दीनदया रिजाललाई ‘स्वर्ण वर्ष सम्मान–२०२२’ प्रदान गरेको छ । बङ्गलादेशका राष्ट्रपिता बङ्गबन्धु शेख मुजिबर रहमानको जन्मशताब्दी तथा त्यहाँको स्वतन्त्रता र विजय दिवसको स्वर्ण वर्षका अवसरमा बङ्गलादेश र अन्य देशका विद्वान् एवं सामाजिक अभियानकर्मीसँगै रिजालद्वयलाई शनिबार राजनीतिक–सामाजिक सेवावापत सो सम्मान दिइएको हो ।

बङ्गलादेशका मुक्तियुद्धसम्बन्धी मन्त्री एकेएम मोजाम हकले  उहाँहरूलाई सो सम्मान प्रदान गर्दै डा रिजालले त्यहाँ अध्ययनका क्रममा ११ वर्ष रहँदा रेडियोमा काम गरी स्वतन्त्रताका लागि योगदान गरेको तथा अध्यक्ष रिजालले दुई देशबीच सम्बन्ध बढाउन पुलका रूपमा काम गरेको बताउनुभयो । फाउन्डेशनका संयोजक सदी–उज जमान,  सचिव मदुल हक तैयब, चौधरी नेजारुल हक, विशाल जैन, पाञ्चाली देव वर्मा (भारत)लगायतले समाजको शान्ति, एकता, संस्कृति, अनुशासन, सम्बन्ध विस्तार र शोषणको अन्त्य जोड दिँदै विश्वमा विवादको समाधान शान्तिपूर्ण वार्ताका माध्यमबाट हुनुपर्नेमा जोड दिनुभयो ।   

सो अवसरमा डा रिजालले ‘हाम्रो बङ्गलादेश…’ बोलको गीत तथा अन्य कलाकारले बङ्गलादेशी गीतसङ्गीत प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा नेपालबाट अधिवक्ता दीपक दाहाल, सरला रिजाल, निशिषकुमार रेग्मी, डा करिष्मा पाण्डे, डा रेशिस श्रेष्ठलगायत बङ्गलादेश र भारतका प्रबुद्ध व्यक्तित्वको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा खबरदारीसहित प्रदर्शन क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ भ्रष्टाचारको अन्त्य र सुशासन कायम गरेर देखाउनुपर्ने आवश्यकता छ : डीपी अर्याल ओलीलाई समवेदना दिन गुन्डु पुगे उपराष्ट्रपति यादव रास्वपाको अभिमुखीकरण कार्यक्रममा रवि र बालेन अनुपस्थित सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी दार्चुला केन्द्रविन्दु भएर भूकम्प सुनचाँदीको मूल्य बढ्यो नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ