१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बङ्गलादेश ‘स्वर्ण वर्ष सम्मान–२०२२’डा रिजाललाई

२० पुष २०७८, मंगलवार ११:२२

पुस २०, काठमाडौँ | बङ्गलादेशस्थित ‘वल्र्ड फ्रेन्डसिप फाउन्डेशन’ले वरिष्ठ चिकित्सक डा भोला रिजाल र नेपाल बङ्गलादेश मैत्री सङ्घका अध्यक्ष दीनदया रिजाललाई ‘स्वर्ण वर्ष सम्मान–२०२२’ प्रदान गरेको छ । बङ्गलादेशका राष्ट्रपिता बङ्गबन्धु शेख मुजिबर रहमानको जन्मशताब्दी तथा त्यहाँको स्वतन्त्रता र विजय दिवसको स्वर्ण वर्षका अवसरमा बङ्गलादेश र अन्य देशका विद्वान् एवं सामाजिक अभियानकर्मीसँगै रिजालद्वयलाई शनिबार राजनीतिक–सामाजिक सेवावापत सो सम्मान दिइएको हो ।

बङ्गलादेशका मुक्तियुद्धसम्बन्धी मन्त्री एकेएम मोजाम हकले  उहाँहरूलाई सो सम्मान प्रदान गर्दै डा रिजालले त्यहाँ अध्ययनका क्रममा ११ वर्ष रहँदा रेडियोमा काम गरी स्वतन्त्रताका लागि योगदान गरेको तथा अध्यक्ष रिजालले दुई देशबीच सम्बन्ध बढाउन पुलका रूपमा काम गरेको बताउनुभयो । फाउन्डेशनका संयोजक सदी–उज जमान,  सचिव मदुल हक तैयब, चौधरी नेजारुल हक, विशाल जैन, पाञ्चाली देव वर्मा (भारत)लगायतले समाजको शान्ति, एकता, संस्कृति, अनुशासन, सम्बन्ध विस्तार र शोषणको अन्त्य जोड दिँदै विश्वमा विवादको समाधान शान्तिपूर्ण वार्ताका माध्यमबाट हुनुपर्नेमा जोड दिनुभयो ।   

सो अवसरमा डा रिजालले ‘हाम्रो बङ्गलादेश…’ बोलको गीत तथा अन्य कलाकारले बङ्गलादेशी गीतसङ्गीत प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा नेपालबाट अधिवक्ता दीपक दाहाल, सरला रिजाल, निशिषकुमार रेग्मी, डा करिष्मा पाण्डे, डा रेशिस श्रेष्ठलगायत बङ्गलादेश र भारतका प्रबुद्ध व्यक्तित्वको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का