१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरोना सङ्क्रमणको असर ः एक हजार बढी मुद्दा फछ्र्यौट हुन बाँकी

२१ पुष २०७८, बुधबार १०:२७

पुस २१, काठमाडौँ | जिल्ला अदालत तनहुँमा एक हजार ७७ मुद्दा फछ्र्यौट हुन बाँकी रहेका छन् । 

कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा न्यूनीकरणका लागि सरकारले लागू गरेको बन्दाबन्दी र निषेधाज्ञा कारण लामो समयसम्म बिदा हुँदा सो मुद्दा फछ्र्यौट हुन बाँकी रहेको अदालतले जनाएको छ । 

कोरोना सङ्क्रमणको जोखिम कम भएपछि मुद्दा फछ्यौटमा तिव्रता आएको छ । गत वर्षको जिम्मेवारी सरेर आएका ९५९ र नयाँ दर्ता भएका ६१७ गरी कूल एक हजार ५७६ मुद्दामध्ये ४९९ फछ्यौट भएको जिल्ला अदालत तनहुँका सूचना अधिकारी हरिश्चन्द्र गौतमले जानकारी दिनुभयो ।

उहाँका अनुसार ६ महिनाभित्रका ४१२, छ महिनादेखि बाह्र महिनाभित्रका २८७, बाह्र महिनादेखि अठार महिनाभित्रका १४४, दुई वर्ष नाघेका १३० र अठार महिनादेखि दुई वर्ष नाघेका १०४ मुद्दा फछ्र्याैट हुन बाँकी रहेको छ । यसैगरी, ६ महिनाभित्रका २७१, छ महिनादेखि बाह्र महिनाभित्रका १०२, बाह्र महिनादेखि अठार महिनाभित्रका ३२, अठार महिनादेखि दुई वर्षभित्रका ४७ र दुई वर्ष नाघेका ४७ गरी ४९९ मुद्दा फछ्र्यौट भएको सो अदालतले जनाएको छ । 

पछिल्लो समयमा सम्बन्ध विच्छेदका मुद्दासमेत बढ्दै गएको सूचना अधिकारी गौतमले जानकारी दिनुभयो । रोजगारीको सिलसिलामा विदेशमा रहेका श्रीमान् स्वदेशमा आएपछि श्रीमान् श्रीमतीबीच सम्बन्धविच्छेद हुने गरेको उहाँको भनाइ छ । 

त्यसैगरी, जिल्लामा जबरर्जस्ती करणीका मुद्दा पनि अत्यधिक मात्रामा दर्ता हुने गरेको उहाँले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’