१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ओमिक्राेन भेरियन्टका संक्रमित २४ पुगे, तयारी अवस्थामा बस्न अस्पताललाई निर्देशन

२३ पुष २०७८, शुक्रबार ०८:४५

पुस २३, काठमाडौँ | सरकारले ओमिक्रोन भेरियन्टकाे संक्रमण बढ्न सक्ने खतरालाई मध्यनजर गर्दै अस्पतालहरुलाई तयारी अवस्थामा राख्न निर्देशन दिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ओमिक्रोन भेरिएन्टले गर्दा हुन सक्ने अत्यधिक बिरामीको चापलाई मध्यनजर गर्दै सबै अस्पताललाई तयारी अवस्थामा राख्न निर्देशन दिएकाे हाे ।

शुक्रबार थप २४ जनामा ओमिक्रोन भेरियन्ट संक्रमण देखिएको मन्त्रालयले पुष्टि गरेको छ। साे पुष्टि भएसँगै सरकारले अस्पतालहरुलाई तयारी अवस्थामा राख्न भनेकाे हाे।  स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.संगीता कौशल मीश्रले उपचारका लागि आवश्यक पर्ने अक्सिजनलगायत अन्य सामाग्रीहरुको यथेस्ट जोहो गर्न र स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा रहन निर्देशन दिइएको बताइन् ।

यस्तै, सीमा नाकाहरुमा कोभिड–१९ को परीक्षणलाई थप सशक्त बनाउन पनि सरकारले निर्देशन दिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले नियमित रुपमा एस-जीन स्क्रिनिंग गरिरहेको परिप्रेक्षमा देश भरिबाट र्‍यान्डम स्याम्पिङ विधिबाट संकलित पीसीआर तथा एन्टीजेन पोजिटिभ नमूनाहरुको पछिल्लो पटकको नतिजा सार्वजनिक गरीएको हो।

पुस महिनामा संकलित जम्मा ११४६ पोजिटिभ नमनाहरुको एस जीन स्क्रिनिंग गर्दा २५० वटा नमूनाहरु (२२ प्रतिशत) एस–जीन नेगेनिभ (एसजीटिएफ पत्ता लागेको छ । एस-जीन नेगेटिभ पत्ता लागेका २४ नमूनाको जीन सिक्वेन्सिङ गर्दा सबै नमूनाहरुमा ओमिक्रोन भेरिएन्ट पुष्टि भएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव