पुस २५, फुङ्लिङ । ताप्लेजुङको खेबाङमा प्रसूति केन्द्र र ल्याब सेवा सुरु गरिएको छ । सिरिजङ्घा गाउँपालिका–७ खेबाङमा यसै सातादेखि दुवै सेवा थालिएको हो ।

दुर्गमका सेवाग्राहीलाई गाउँमै सेवा उपलब्ध गराउने उद्देश्य"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस २५, फुङ्लिङ । ताप्लेजुङको खेबाङमा प्रसूति केन्द्र र ल्याब सेवा सुरु गरिएको छ । सिरिजङ्घा गाउँपालिका–७ खेबाङमा यसै सातादेखि दुवै सेवा थालिएको हो ।

दुर्गमका सेवाग्राहीलाई गाउँमै सेवा उपलब्ध गराउने उद्देश्य"/>

२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ताप्लेजुङ्ग - TPL

ताप्लेजुङको खेबाङमा प्रसुती केन्द्र

२०७८, २५ पुष आईतवार ०७:४२

पुस २५, फुङ्लिङ । ताप्लेजुङको खेबाङमा प्रसूति केन्द्र र ल्याब सेवा सुरु गरिएको छ । सिरिजङ्घा गाउँपालिका–७ खेबाङमा यसै सातादेखि दुवै सेवा थालिएको हो ।

दुर्गमका सेवाग्राहीलाई गाउँमै सेवा उपलब्ध गराउने उद्देश्यले सेवा दिन थालिएको गाउँपालिकाका अध्यक्ष टीकाराम गुरुङले जानकारी दिनुभयो । ‘म स्वस्थ, मेरो गाउँ स्वस्थ’ अभियानअन्तर्गत खेबाङ स्वास्थ्य चौकीमा सेवा प्रारम्भ गरिएको उहाँले बताउनुभयो । सेवा सञ्चालन गर्न एक ल्याब असिस्टेन्ट र एक अनमी करारमा नियुक्त गरिएको छ । 

“गाउँपालिकाको वडैपिच्छे सुत्केरी तथा ल्याब सेवा सञ्चालन गर्ने योजना अघिल बढाएका छौँ”, उहाँले भन्नुभयो । सोही अभियानका क्रममा खेबाङका सात वडामा सेवा सञ्चालन गरिएको प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेले जानकारी दिनुभयो । बाँकी वडामा चाँडै सेवा सञ्चालन गरिने गाउँपालिकाले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते