२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्वास्थ्य पूर्वाधार तयारी अवस्थामा राख्न निर्देशन

२७ पुष २०७८, मंगलवार ०८:२५

पुस २७, काठमाडौँ | जिल्ला प्रशासन कार्यालयले जिल्लामा स्वास्थ्य पूर्वाधार र अक्सिजनको व्यवस्था गर्न आग्रह गरेको छ। प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको अध्यक्षतामा बसेको बैठकले कोरोना नियन्त्रणका लागि स्वास्थ्यका मापदण्ड पालना गर्न र गराउनका लागि पनि सबैले आ-आफ्नो तर्फबाट प्रतिबद्धता गर्नाका साथै आम नागरिकमा स्वास्थ्यमापदण्ड अवलम्बन गर्न आग्रह गरेको हो।

जिल्लाभित्र कोभिड-१९ संक्रमितको संख्या क्रमिक वृद्धि हुँदै गइरहेकाले सबै क्षेत्रलाई जनस्वास्थ्यका मापदण्डपालना गरी उच्च सतर्कता अपनाउन आह्वान गर्ने निर्णय गरिएको हो। सबै स्थानीय तहले आ-आफ्नो पालिकामा वृहदरूपमा खोप अभियान सञ्चालन गरी नागरिकमा खोप लगाउने व्यवस्था प्रभावकारीरूपमा मिलाउने व्यवस्थाका साथै कोरोना परीक्षणको दायरासमेत बढाउनुपर्नेमा बैठकले जोड दिएको छ। कोभिड-१९ को सम्भावित तेस्रो लहरलाई मध्यनजर गर्दै सबै स्थानीय तहले स्वास्थ्यका पूर्वाधार, जनशक्ति र अक्सिजनको व्यवस्था गरी पूर्वतयारीको अवस्थामा रहनुपर्नेमा जोड दिइएको छ।

प्रवाह हुने सरकारी सेवालाई खोप अभियानसँग जोड्न सरकारी कार्यालय एवं सार्वजनिक संस्थानले सेवाग्राहीले कोभिड-१९ विरूद्धको खोप लगाए/नलगाएको यकिन गर्न र खोप नलगाएको पाइएमा लगाउन अनुरोध गर्नुपर्ने जनाइएको छ। जिल्लामा पुनः कोरोना भाइरसको संक्रमण बढ्दै गएकाले सबै क्षेत्रमा जनस्वास्थ्यका मापदण्ड पूर्णरुपमा पालना गरी उच्च सतर्कता अपनाउन प्रजिअ पाण्डेले अनुरोध गरेका छन्। जिल्लाभित्र कोभिड-१९ को संक्रमणको जोखिम नियन्त्रण एवं न्यूनीकरण गर्न, जनजीवनलाई सामान्य तुल्याई राख्न, बढी भीड हुने गतिविधि नगर्न, भौतिक दूरी कायम गर्न र मास्क प्रयोग गर्न गराउन पनि अपिल गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव