२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरोना बढेपछि सार्वजनिक यातायातमा यी नियम अनिवार्य

२०७८, २७ पुष मंगलवार १०:५६

पुस २७, काठमाडौँ | कोरोना संक्रमितको संख्या बढ्दै गएपछि काठमाडौं उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरूले सार्वजनिक यातायातमा कुल स्वीकृत सिट क्षमताभन्दा बढी यात्रु नराख्न आदेश दिएका छन्। ललितपुर जिल्ला प्रशासन कार्यालयले मंगलबार विज्ञप्ति जारी गरेर यस्तो जानकारी दिएको हो।

सार्वजनिक सवारीमा यात्रा गर्ने सबै यात्रुहरूले अनिवार्य मास्क लगाउनुपर्ने, मास्क नलगाउने यात्रुलाई सवारी साधनमा प्रवेश गर्न नदिने, चालक र सहचालकले अनिवार्य मास्क, भाइजर र पञ्जा लगाउनुपर्ने, सवारी साधनको ढोकामा स्यानिटाइजरको व्यवस्था हुनुपर्ने, अनिवार्य रूपमा सवारी साधन दैनिक स्यानिटाइजर गर्नुपर्ने लगायत आदेश पनि सिडिओहरूले गरेका छन्।

काठमाडौं उपत्यकाका सार्वजनिक ठाउँमा भेला हुन रोक लागेको छ। मंगलबार बसेको उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ)को संयुक्त बैठकले सार्वजनिक ठाउँमा २५ जना बढी भेला हुन नदिने निर्णय गरेको हो। यो निर्णय मध्यराति १२ बजेदेखि कार्यान्वयन हुनेछ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ प्रधानमन्त्री कार्कीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण इन्धनको मूल्यवृद्धिसँगै गाडी भाडा बढाउन माग महाकाली नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट सिकार खेल्न गएका ५ जना बेपत्ता काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहाेरको मात्रा घटाउँदै नवलपरासी कारागारबाट भागेका १८० कैदी अझै फरार दुई फरार प्रतिवादीहरु पक्राउ इनिशा विक हत्याका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै विरोध प्रदर्शन आँखामा कालोपट्टी बाँधेर सडकमा उत्रिए जेनजी रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे भारतकाे एक अस्पतालमा भीषण आगलागी, १० जना बिरामीको मृत्यु सुनको मूल्य सामान्य बढ्दा चाँदीको घट्यो फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर