२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ओमिक्रोनमा भेटियो यस्ता असामान्य र खतरनाक लक्षण, तपाइँ पनि सावधान रहनुस्

२७ पुष २०७८, मंगलवार ११:४३

पुस २७, काठमाडौँ । COVID-19 को दुर्लभ र खतरनाक लक्षण ओमिक्रोन भ्यारिएन्टमा पनि भेटिएको छ । यूनिभर्सिटी कलेज अफ लन्डन को न्यूरोसाइन्टिस्ट एथेना अकरामी को अध्ययन अनुसार, कोरोनाबाट निको भएका संक्रमितहरुमा लामो समयसम्म २०० भन्दा बढी लक्षण देखिन सक्छ । 

यूनाइटेड किङ्गडमको रिपोर्ट अनुसार कोरोना भाइरसको दुर्लभ लक्षण 'ब्रेन फग'  ओमिक्रोन भ्यारीएन्टमा पनि देखिएको छ । द डेली एक्सप्रेसका अनुसार कोरोना संक्रमित ZOE COVID स्टडी ऐपमा आफ्नो लक्षणको बारेमा मानिसहरुले जानकारी सेयर गर्ने गरेका छन् । यो एपले संक्रमितबाट बताइएको लक्षणलाई विश्लेषण गर्छ  । 

ब्रेन फग पछिल्लो केहि समय देखि  COVID-19 को कमन लक्षण हो  । कोरोनाको सामान्य लक्षण जस्तै रुघा, चिसो लाग्नु, स्वासप्रस्वासमा समास्या, खोकी र शरीर झम्झमाउने, दुख्ने हुन्छ, जसलाई ब्रेन फग अन्तर्गत मानिएको छैन । अलबामा विश्वविद्यालय बर्मिंघमको न्यूरोलोजिस्ट डा. श्रुति अग्निहोत्रीको अनुसार, ब्रेन फग हुँदा धेरै टाउकोको दुखाई र स्मरण शक्तिमा कमजोरी जस्ता समस्या हुन सक्छ । कयौं पटक कोरोना संक्रमितलाई रुघा र स्वास लिन अफ्ट्यारो  जस्तो समस्या निको हुन्छ तर मानिसहरुमा टाउकोको दुखाई र स्मरण शक्ति कमजोर हुने जस्तो समस्याबारे गुनाशो गर्ने गरेका छन्  । यसै समस्यालाइ ब्रेन फग मानिएको छ । यो समस्या भएकाहरु कुनै काममा केन्द्रित हुन सक्दैनन् वा केन्द्रित हुन कोसिस गर्दा पनि निकै असहज महशुस गर्दछन् ।


यूनिभर्सिटी कलेज लन्डनका डाक्टर माइकल जन्दिका अनुसार, ब्रेन फग कुनै मेडिकल टर्म होइन, तर यसके लक्षणहरु हेरेर यसको नामाकरण गरिएको हो । जो संक्रमितले कोरोना मुक्त भईसक्दा पनि लामो समयसम्म दिमागी समस्याहरु झेलिरहेका थिए । यस्तो समस्या निको भएका कुल संक्रमितहरु मध्ये झन्डै २० प्रतिशतमा देखिएको थियो । 

रिसर्चमा सहभागी भएकाहरु मध्ये कतिपयले संक्रमण निको भएको १६ महिनापछि पनि आफ्नो शरीरमा कयौं लक्षण देखे । जसमा महिनावारी बद्दल्ने, सेक्सुअल डिस्फंक्शन, चिलाउने, मानसिक रुपमा थकानको महशुस भईरहने, भ्रम, काम्ने, मुटुको चाल छिटो हुने, शारीरिक थकान आदि समस्याको सामना गर्नुपर्यो । यही लक्षण पछिल्लो समय ओमिक्रोन संक्रमित भई निको भएकाहरुलाई पनि पाइएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य