२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतमा थप १ लाख ९४ हजार बढी जनामा कोरोना, दिल्लीमा सबै निजी कार्यालय बन्द !

२८ पुष २०७८, बुधबार ०६:२२

पुस २८, काठमाडौँ | भारतमा पछिल्लो २४ घण्टामा १ लाख ९४ हजार ७ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

भारतमा अहिलेसम्म ४ हजार ८ सय ६८ जनामा ओमिक्रोनको संक्रमण पुष्टि भएको भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ।

महाराष्ट्रमा सबैभन्दा बढी १ हजार २ सय ८१ जनामा ओमिक्रोन पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा सबैभन्दा बढी महाराष्ट्रमा ३४ हजार ४ सय २४ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै राजधानीसमेत रहेको दिल्लीमा थप २१ हजार २ सय ५९ जनामा संक्रमण पुष्टि भएको छ। दिल्लीमा पोजिटिभिटी रेट २५.६५ प्रतिशत पुगेको छ। त्यस्तै पश्चिम बंगालमा २१ हजार ९८ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै तमिलनाडुमा १५ हजार ३ सय ७९ र केरलमा ९ हजार ६६ जनामा संक्रमण पुष्टि भएको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा ४४२ जनाको मृत्यु भएको छ भने ६० हजार ४ सय ५ जना संक्रमणमुक्त भएका छन्। भारतमा सक्रिय संक्रमितको संख्या करिब ९ लाख ५५ हजार रहेको छ। सोमबार भारतमा १ लाख ६८ हजारमा संक्रमण पुष्टि भएको थियो।

संक्रमण बढेसँगै भारतका विभिन्न राज्यमा कडा स्वास्थ्य मापदण्ड लागू गरिएको छ। दिल्लीमा अत्यावश्यकबाहेक सबै निजी कार्यालय बन्द गराइएको छ भने रेस्टुरेन्टहरूलाई होम डेलिभरी र प्याकिङको सेवा मात्र सञ्चालन गर्न भनिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव