२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतमा थप १ लाख ९४ हजार बढी जनामा कोरोना, दिल्लीमा सबै निजी कार्यालय बन्द !

२०७८, २८ पुष बुधबार ०६:२२

पुस २८, काठमाडौँ | भारतमा पछिल्लो २४ घण्टामा १ लाख ९४ हजार ७ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

भारतमा अहिलेसम्म ४ हजार ८ सय ६८ जनामा ओमिक्रोनको संक्रमण पुष्टि भएको भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ।

महाराष्ट्रमा सबैभन्दा बढी १ हजार २ सय ८१ जनामा ओमिक्रोन पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा सबैभन्दा बढी महाराष्ट्रमा ३४ हजार ४ सय २४ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै राजधानीसमेत रहेको दिल्लीमा थप २१ हजार २ सय ५९ जनामा संक्रमण पुष्टि भएको छ। दिल्लीमा पोजिटिभिटी रेट २५.६५ प्रतिशत पुगेको छ। त्यस्तै पश्चिम बंगालमा २१ हजार ९८ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै तमिलनाडुमा १५ हजार ३ सय ७९ र केरलमा ९ हजार ६६ जनामा संक्रमण पुष्टि भएको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा ४४२ जनाको मृत्यु भएको छ भने ६० हजार ४ सय ५ जना संक्रमणमुक्त भएका छन्। भारतमा सक्रिय संक्रमितको संख्या करिब ९ लाख ५५ हजार रहेको छ। सोमबार भारतमा १ लाख ६८ हजारमा संक्रमण पुष्टि भएको थियो।

संक्रमण बढेसँगै भारतका विभिन्न राज्यमा कडा स्वास्थ्य मापदण्ड लागू गरिएको छ। दिल्लीमा अत्यावश्यकबाहेक सबै निजी कार्यालय बन्द गराइएको छ भने रेस्टुरेन्टहरूलाई होम डेलिभरी र प्याकिङको सेवा मात्र सञ्चालन गर्न भनिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ प्रधानमन्त्री कार्कीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण इन्धनको मूल्यवृद्धिसँगै गाडी भाडा बढाउन माग महाकाली नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट सिकार खेल्न गएका ५ जना बेपत्ता काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहाेरको मात्रा घटाउँदै नवलपरासी कारागारबाट भागेका १८० कैदी अझै फरार दुई फरार प्रतिवादीहरु पक्राउ इनिशा विक हत्याका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै विरोध प्रदर्शन आँखामा कालोपट्टी बाँधेर सडकमा उत्रिए जेनजी रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे भारतकाे एक अस्पतालमा भीषण आगलागी, १० जना बिरामीको मृत्यु सुनको मूल्य सामान्य बढ्दा चाँदीको घट्यो फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर