२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालमा संक्रमित बढ्दै, पछिल्लो २४ घण्टामा परिक्षण गरिएका हरेक १०० मा ३२ संक्रमित

१ माघ २०७८, शनिबार १२:०४

माघ १, काठमाडौँ | नेपालमा कोरोना भाइरसको सङ्क्रमण दर उच्च दरमा वृद्धि भइरहेको पाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा ४ हजार ६३६ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

पुस १९ गते २ प्रतिशतको हाराहारीमा रहेको सङ्क्रमण दर माघको पहिलो दिन आज ३१.८ प्रतिशत पुगेको छ । शनिबार देशभर १४ हजार ५५६ जनाको कोरोना परीक्षण गरिएको थियो । जसमध्य पीसीआर विधिबाट ३ हजार ७०३ र एन्टिजेन विधिबाट ९३३ जनामा सङ्क्रमण पुष्टि भएको छ । 

पछिल्लो पटक कोरोना संक्रमित बढ्दै गर्दा सक्रिय सङ्क्रमितको सङ्ख्या २१ हजार ५८४ रहेको छ । मन्त्रालयका अनुसार ७ जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या ५ सयभन्दा बढी रहेका छन् । जसमा काठमाडौँ उपत्याकाका तीन जिल्ला सहित  मोरङ, सुनसरी, चितवन र कास्की रहेका छन् । काठमाडौँमा मात्र ९ हजार ६१ जना सक्रिय सङ्क्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा काठमाडौँमा मात्र १५ सय ९१ जना, ललितपुरमा ४८६ जना र भक्तपुरमा १४२ जना सङ्क्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा थप ४ जना कोरोना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य