२३ चैत्र २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

स्वास्थ्य

हेल्थडेस्क सञ्चालनमा ल्याइने

२ माघ २०७८, आईतवार ०९:४४

माघ २, सिमकोट | हुम्ला जिल्लामा यही माघ ७ गतेदेखि सार्वजनिक सेवा लिन जाँदा अनिवार्य खोप कार्ड देखाउनुपर्ने व्यवस्था गरिने भएको छ ।  जिल्लाका नागरिकलाई सङ्क्रमणबाट बचाउन सातवटा स्थानीय तहमध्ये मुख्य नाकामा हेल्थ डेस्क पुनः सञ्चालनमा ल्याउने जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समितिले  निर्णय गर्नाका साथै सङ्क्रमणबाट बच्न स्वास्थ्य सावधानी अपनाउन आग्रह समेत गरेको छ । यसैगरी सार्वजनिक सेवा प्राप्त गर्न अनिवार्य कोभिड विरुद्धको खोप लगाएको कार्ड देखाउनुपर्ने व्यवस्था गर्नाका साथै  सार्वजनिकस्थलमा धेरै ब्यक्ति उपस्थित हुनेगरी राजनीतिक, प्रशासनिक र सामाजिक कार्यक्रम नगराउन पनि  समितिले निर्देश समितिले निर्देश गरेको प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले बताउनुभयो । 

जिल्ला भित्रिने मुख्य नाका सिमकोट विमानस्थल, ताँजकोट गाउँपालिकाको मैला कवाडी र चङ्खेली गाउँपालिकाको मिमिमा आवश्यक स्वास्थ्यसामग्री र स्वास्थ्यकर्मीसहित हेल्थ डेस्क सञ्चालनमा ल्याएर आगन्तुक नागरिको स्वास्थ्य जाँच गरिने र  सिमानाकास्थित गाउँपालिकाका स्वास्थ्य संयोजकले जिल्ला भित्रिएका नागरिकको दैनिक स्वास्थ्यसम्बन्धी प्रतिवेदन स्वास्थ्य सेवा कार्यालयमा पठाउनुपर्ने व्यवस्था गरिएको पनि उहाँले जानकारी दिनुभयो । 

कोरोनाविरुद्ध जनचेतान फैलाउन जिल्लाका सबै सञ्चार माध्यममार्फत सन्देश प्रवाह गर्नुपर्ने,  सबै गाउँपालिकामा कम्तीमा पनि एउटा आइसोलेशन सेन्टर तयारी अवस्थामा राख्नुपर्ने, खाद्यन्न बिक्री गर्दा दुई मिटरको दूरी कायम गर्नुपर्ने, सार्वजनिक सवारी साधनमा अनिवार्य मास्क प्रयोग गर्न लगाउनुपर्ने र माघ १५ गतेसम्म विद्यालयमा पठनपाठन बन्द गर्नुपर्ने, व्यवस्था गरिएको छत्यसैगरी अस्पताल र आइसोलेशनमा पर्याप्त अक्सिजनको व्यवस्था गर्नुपर्ने, प्रहरीको समन्वयमा सबै गाउँपालिकामा कोरोनाविरुद्ध सचेतनामूलक सन्देशसहित प्रचारप्रसार गर्नुपर्ने र सबै गाउँपालिकामा स्वास्थ्यसामग्री, जनशक्ति, अक्सिजनको व्यवस्था मिलाउनुपर्नेमा पनि समितिले जोड दिएको थियो  । 

हुम्लालाई ग्रिन जोनमै राखिने

हुम्ला जिल्लालाई ग्रिन जोनमै राख्नका लागि सबैले स्वास्थ्यसम्बन्धीका मापदण्ड अनिवार्य अपनाउन आग्रह गरिएको छ । ग्रीन जोनका रूपमा रहेको जिल्लालाई कोरोनाविरुद्ध सतर्कता अपनाउन आठ बुँदे निर्णय गरिएको हो । 

नेपालभर तेस्रो ओमिक्रोन कोरोना भाइरसको त्रास बढिरहेका बेला जिल्लाका दुई वटा नाका र विमानस्थलमा हेल्थडेस्क राखिने भएको छ । दक्षिणी क्षेत्रका सिमानामा जोडिएका मुगु जिल्लाको चङ्खेली गाउँपालिका–१ को रिमी, बाजुरा जिल्लासँग जोडिएको ताँजाकोट गाउँपालिकाको कवाडी र सिमकोट विमानस्थलमा हेल्पडेस्क स्थापना गरिने र त्यहाँ सबै यात्रुको अनिवार्य कोरोना परीक्षण गरिने  भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
थाइल्याण्ड भ्रमणबाट लगानी र सहकार्यका सम्भावना खुलेका छन्ः प्रधानमन्त्री एम्बुलेन्सबाट लागुऔषध ओसार-पसार, ९४ हजार ट्रामाडोल बरामद आज चैत्र शुक्ल अष्टमी: चैते दसैँ तीनकुने घटनाको छानबिन जारी छ: आयोग मध्यरातमा रास्वपाको बैठकले गर्यो बिभिन्न चार निर्णय रवि लामिछानेलाई पक्राउ गर्न गएका डिएसपीले अन्तिम इच्छा भनेपछि… रास्वपाको चितवनमा हुने ‘जनयात्रा उद्घाटन’ नरोकिने, नेताहरु चितवन जाँदै तनहुँको भानुमा बस दुर्घटना ट्रकको ठक्करबाट एक बालिकाको मृत्यु अफर ल्याउँदा अनियन्त्रित भिड जम्मा भएपछि अल्टिमाको साइनबोर्ड प्रहरीले हटायो प्रधानमन्त्री ओलीले भेटे बैँककमा भारतीय प्रधानमन्त्री मोदीलाई आइतबार सार्वजनिक बिदा म्याद नाघेका अश्रुग्यास प्रहार नभएको आईजीपी थापाको दावी तीनकुने घटनामा सरकारको पूर्वतयारी के थियो ? माओवादी सांसद पाण्डेको प्रश्न जनमोर्चाका अध्यक्ष चित्रबहादुरले गणतन्त्र र लोकतन्त्र सुरक्षित छैन, सबै चनाखो हुनुपर्ने बताए कुलमानले म हतोत्साहित र उत्तेजित भएको छैन भने नवलपुरका किशोरीहरुले मुख्यमन्त्रीलाई बुझाए ध्यानाकर्षण पत्र आज काठमाडौँमा वायु प्रदूषण घट्यो सुनचाँदीको मूल्य एकैदिन धेरै अन्तरले घट्यो अमेरिकामा छोराले गोली हानेर मारे आफ्नै आमा