पछिल्लो २४ घण्टाको कोरोना परीक्षणको स्थिति: हरेक तीन जनामा एक संक्रमित

Posted on: 16 Jan, 2022

माघ २, काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमितको संख्या ४९६१ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज कुल १५१३१ जनाको कोरोना परीक्षण गर्दा झन्डै ३३ प्रतिशत संक्रमित भेटिएका छन् । आजको संक्रमित तथ्यांक अनुसार भन्ने हो भने परीक्षण गरिएका हरेक तीन जनामा एक जना कोरोना संक्रमित भेटिएका छन् । 

आज थपिएका सहित देशभर कोरोनाको सक्रिय संक्रमितको संख्या २५ हजार ६८० पुगेको मन्त्रालयले आइतबार जानकारी दिएको छ । बितेको २४ घण्टामा ३ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ भने निको हुनेको संख्या ४३५ जना रहेका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!