२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

छिमेकी मुलुक भारतमा कोरोना संक्रमण घट्न लागेको हो ?

४ माघ २०७८, मंगलवार ०६:४४

माघ ४, काठमाडौँ | एजेन्सी | छिमेकी मुलुक भारतमा कोरोनाभाइरसको तेस्रो लहर चलिरहेको छ। पछिल्ला १५ दिनमा भारतमा कोरोनाको संक्रमण फेरि तीव्र गतिमा फैलिइरहेको छ।

सन् २०२२ को पहिलो दिन २७ हजार मानिसमा कोरोना संक्रमण पुष्टि भएकोमा जनवरी १५ मा एकैदिन २ लाख ७१ हजार मानिसमा संक्रमण भएको थियो। त्यसपछिका दुई दिनमा भने भारतमा संक्रमण घटेकोजस्तो देखिएको छ।

वर्ल्डोमिटरका अनुसार जनवरी १६ मा भारतभरि २  लाख ५८ हजार मानिसमा कोरोना संक्रमण भएको थियो भने सोमबार २ लाख ३८ हजारमा संक्रमण पुष्टि भएको छ।

दैनिक संक्रमित कम भए पनि भारतमा कोरोनाको संक्रमण घट्दो क्रममा रहेको भन्नचाहिँ मिल्दैन। टाइम्स अफ इन्डियाका अनुसारमा अहिले भारतमा ओमिक्रोन भेरियन्टको संक्रमण बढ्दो क्रममा छ भने सक्रिय संक्रमित पनि १७ लाख नाघेका छन्।

सोमबार भारतभर १७ लाख ३६ हजार सक्रिय संक्रमित थिए। यो संख्या पछिल्ला २३० दिनकै सबैभन्दा बढी हो।

संक्रमण बढेअनुसार भारतमा कोरोना संक्रमितको मृत्यु हुने दर भने बढेको छैन। एकैदिन २ लाखभन्दा बढी संक्रमित हुँदा पनि दैनिक मृत्यु भने पाँच सय नाघेको छैन।

पहिलो पटक ओमिक्रोन भेरियन्ट पत्ता लागेको दक्षिण अफ्रिकामा दुई सातामा ‌ओमिक्रोनको लहर ओह्रालो लागेको थियो।

नोभेम्बर अन्तिमतिर बढ्न लागेको संक्रमण डिसेम्बर दोस्रो साताबाट घट्न लागेको थियो। दक्षिण अफ्रिकाको सरकारले ठूलो क्षतिबिनै ओमिक्रोनको लहर पार गरेको बताएको थियो।

दक्षिण अफ्रिकामा जस्तै भारतमा पनि ओमिक्रोनको लहर दुई सातामै ओह्रालो लागेको हो कि होइन भन्ने अहिले यकिन छैन।

कोरोनाको संक्रमण एक-दुई दिन घटेर फेरि बढ्न पनि सक्छ। दोस्रो लहर चल्दा भारतमा यस्तो ट्रेन्ड देखिएको थियो।

२०२१ को अप्रिल ३० मा ४ लाख २ हजार संक्रमित थपिएका थिए भने मे महिनाको एक-दुई दिन संक्रमण केही घटेजस्तो देखिएको थियो। केही दिनमा फेरि संक्रमण बढ्न थालेको थियो र मे ६ मा एकैदिन ४ लाख १४ हजार संक्रमित थपिएका थिए। भारतमा एकैदिन सबैभन्दा धेरै संक्रमित थपिएको त्यही दिन हो।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य