२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरोना संक्रमण फैलिएपछि सर्वोच्च अदालतका सेवा कटौती

२०७८, ४ माघ मंगलवार १०:२७

माघ ४, काठमाडौँ | कोरोना संक्रमण तीव्र रूपमा फैलिएपछि अदालतका सेवा कटौती गरिएका छन्। मंगलबार बसेको सर्वोच्च अदालतको पूर्ण बैठक (फुलकोर्ट) ले सर्वोच्चबाट ६ प्रकारका मात्र सेवा दिने निर्णय गरेको छ।

सर्वोच्चका एक न्यायाधीश, मुख्य रजिष्ट्रारसहित ३१ जना कोरोना संक्रमित भएपछि सर्वोच्च अदालत सेवा कटौती गर्नुपर्ने अवस्थामा पुगेको प्रवक्ता बाबुराम दाहालले जानकारी दिए। उनका अनुसार, बन्दी प्रत्यक्षीकरण तथा कोरोनासँग सम्बन्धित मुद्दा, मौलिक हकसँग सम्बन्धित रिट निवेदनमाथि सुनुवाइ, मुद्दा फिर्ता, मिलापत्र एवं तामेलीसम्बन्धी काम, फौजदारी मुद्दामा थुनुवामा रहेका व्यक्तिको निवेदन तथा प्रतिवेदनमाथि सुनुवाइ, थुनुवा भएका मुद्दाको सुनुवाइ, हेर्दा हेर्दैमा, निर्णय सुनाउने मिति तोकिएका मुद्दा र नेपाल सरकारबाट दर्ता भएका प्रत्यर्थी झिकाउने आदेश नभएका मुद्दाको सुनुवाइ गर्ने निर्णय भएको छ।

यस्तै, उच्च र जिल्ला अदालतले स्थानीय अवस्थाअनुसार सेवाबारे निर्णय लिन सक्ने व्यवस्था गरिएको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग गर्दै बार एसोसिएसनले आन्दोलन गरिरहेका बेला सर्वोच्चका न्यायाधीशहरूले राणासँगै बेन्च शेयर नगरिरहेका बेला मंगलबार बसेको फुलकोर्ट बैठकमा भने सबै न्यायाधीशहरू सहभागी भए। प्रधानन्यायाधीश राणा र अन्य न्यायाधीशहरू आ-आफ्नै च्याम्बरबाट बैठकमा सहभागी भएका थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते