२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरोनाविरुद्धको बुस्टर डोज लगाउनु भयो ? क–कसले पाउँछन् ?

४ माघ २०७८, मंगलवार ११:२५

माघ ४, काठमाडौँ | सरकारले अग्रपङक्ति तथा  सार्वजनिक सेवामा खटिनेहरुलाई बुस्टर मात्रा दिन सुरु गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतबार अर्थात् माघ २ गतेदेखि बुस्टर मात्रा दिने घोषणा गरेपनि उपत्यका तीनै जिल्लाले भने तयारी नपुगेको भन्दै मंगबारदेखि बुस्टर दिन सुरु गरेका हुन् । 

बुस्टर डोज कोरोनाविरुद्धको पूर्ण मात्रा खोप लगाएर ६ महिना पुगेका अग्रपङ्क्तिमा खटिनेलाई दिन सुरु गरिएको छ भने ६० वर्ष माथिका सबै नागरिकहरु तथा रोग प्रतिरोधात्मक क्षमता कम भएकालाई माघ १४ गतेदेखि दिन सुरु गरिने स्वास्थ्य मन्त्रालयले जनाएको छ । बुस्टर डोज पहिले जुन लगाइएको हो सोहीको मात्रा दिइन्छ । बुस्टर डोज लगाउनका लागि लक्षित समूहरुले आफ्नो खोप कार्ड र आवश्यक काजजातसहित खोप केन्द्रमा पुग्न मन्त्रालयले आग्रह गरेको छ । 

अग्रपङ्क्ति तथा सार्वजनिक सेवामा खटिने व्यक्तिहरु यी हुन्ः

–स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी तथा सम्पूर्ण कर्मचारी

–सुरक्षाकर्मी

–फोहोर सङकलन तथा सरफाइकर्मी

–एम्बुलेन्स तथा शव वाहन चालक

–महिला स्वयंसेविका

–त्रिमुवन विमास्थलमा खटिने कर्मचारी

–सार्वजनिक क्षेत्र वा सरकारी कार्यालयमा कार्यरत कर्मचारी

–बैकमा कर्मचारी

–सञ्चारकर्मी पत्रकार

–सार्वजनिक यातायातका चालक तथा सहचालक

यस्तै रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरु

–सक्रिय क्यान्सर रोगीहरु

–एचआई.भी भएका बिरामी

–अङ्ग प्रत्यारोपण गरेका बिरामीहरु

–उपचारको क्रममा रोग प्रतिरोधात्मक क्षमता कम गराउने औषधिहरु सेवन गरिरहेका बिरामीहरु

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…