२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पीसीआर परीक्षण शुल्क घटाउने सरकारको तयारी

५ माघ २०७८, बुधबार ०७:२३

माघ ५, काठमाडौँ | नेपाल सरकारले पीसीआर परीक्षण शुल्क घटाउने तयारी गरेको छ। परीक्षण निःशुल्क गर्न माग भइरहेको बेला सरकारले शुल्क घटाउने तयारी गरेको हो।

स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेलका अनुसार आज बेलुका या भोलिसम्म शुल्क घटाउने निर्णय हुनेछ।

अहिले सरकारी अस्पतालमा एक हजार र निजीमा दुई हजार रुपैयाँमा पीसीआर परीक्षण हुँदै आएको छ।

शुल्क महँगो भएकै कारण धेरैले लक्षण देखिए पनि परीक्षण गर्ने गरेका छैनन्। तर सरकारी अस्पतालमा पीसीआर परीक्षण निःशुल्क हुने भएकाले लक्षण देखिनेबित्तिकै नजिकको सरकारी अस्पताल जान सचिव पोखरेलको सुझाव छ।

पीसीआर परीक्षणको सुविधा भएका अस्पतालमा ओपीडीको टिकट काटेर निःशुल्क परीक्षणको सेवा लिन सकिने उनले बताए।

विदेश जाने या अरु कामले परीक्षण गराउनेहरुलाई मात्र सरकारी अस्पतालमा एक हजार शुल्क लाग्ने, तर लक्षण भएका बिरामीको भने निःशुल्क पीसीआर परीक्षण हुने डा. पोखरेलको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…