२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘ओमिक्रोनलाई हलुका नठानौं’

६ माघ २०७८, बिहीबार ०४:४४

माघ ६, काठमाडौँ | विश्व स्वास्थ्य संगठनले कोभिड–१९ को महामारी तत्काल अन्त्य नहुने र ओमिक्रोन भेरिएन्टलाई हलुका रुपमा लिन नहुने बताएको छ।

‘यो महामारीको अन्त्य छिट्टै हुने संकेत देखिँदैन,’ संगठनका महानिर्देशक टेड्रोस अथानोम घेब्रेससले मंगलबार आयोजित मिडिया ब्रिफिङमा भने।

गत साता मात्र विश्वमा थप १ करोड ८० लाख मानिसमा संक्रमण देखिएको जनाउँदै संगठनले ओमिक्रोन भेरिएन्ट संक्रमणलाई कमजोर नठान्न र यसले मृत्यु ननिम्ताउने भनेर भ्रममा नपर्न आग्रह गरेको छ। स्वास्थ्य केन्द्रमा ठूलो चाप देखिएको संगठनले जनाएको छ।

‘मृत्युको संख्या हाललाई स्थिर देखिएको छ। तर स्वास्थ्य केन्द्रमा बढ्दो दबाबले स्वास्थ्यकर्मीमा चिन्ता थपिएको छ,’ महानिर्देशक घेब्रेससले भने। उनले केही देशमा महामारी उच्च विन्दुमा पुगेका कारण पछिल्लो लहरका सबैभन्दा घातक दिनको अन्त्य भएको देखिएको तर समग्रमा कुनै पनि देश संकटमुक्त नभएको बताए। ‘खोपको कमजोर दर भएका देशमा संक्रमित गम्भीर हिसाबले बिरामी हुन सक्ने तथा खोप नलगाएमा मृत्युको प्रतिशत बढी हुने हुँदा चिन्ता थपिएको छ’, उनले भने।

कोरोनाका अन्य भेरिएन्टभन्दा ओमिक्रोन कम घातक भए पनि यसलाई मध्यमखाले रोग ठान्दा रोग प्रतिकार्य कमजोर हुने र धेरैको ज्यान जान सक्ने तर्क उनको छ। ‘धेरै देशका लागि आगामी साता अत्यन्त चुनौतीपूर्ण देखिएका छन्,’ उनले भने। गत सातासम्म कोभ्याक्स सुविधाअन्तर्गत १ अर्ब खोप डोज आपूर्ति गरिएको जनाउँदै उनले खोपको यो मात्रा अझै अपुग रहेको र यसलाई थप बढाउनुपर्ने बताए।

ओमिक्रोन भेरिएन्टको संक्रमण र प्रसारण रोक्न खोप कम प्रभावकारी भए पनि खोपले गम्भीर बिरामी हुनबाट र मृत्युबाट जोगाउने देखिएको उनले बताए। ओमिक्रोन संक्रमणको बढ्दो प्रसारणले भाइरसको नयाँ भेरिएन्ट विकास हुन सक्ने भएकाले कोरोना महामारीको तत्काल अन्त्य हुने सम्भावना कम रहेको उनले बताए। उनले खोपको असमान वितरण पनि कोरोना नियन्त्रणमा चुनौती भएको जनाए।

‘खोप उत्पादन विश्वव्यापी रुपमा हुन सके समान विरतण सम्भव हुन्छ। हामीले मिलेर काम गरेमात्र भाइरसलाई जित्न सक्छौं,’ उनले भने। नागरिक दैनिकमा समाचार छ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…