२३ चैत्र २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

कोरोना सङ्क्रमणको तेस्रो लहरमा पहिलो व्यक्तिको मृत्यु !

८ माघ २०७८, शनिबार ०३:२४

माघ ८, काठमाडौँ | पछिल्लो पटक पर्सामा देखिएको कोरोना सङ्क्रमणको तेस्रो लहरअन्तर्गत एक जना कोभिड सङ्क्रमितको मृत्यु भएको छ । वीरगञ्जस्थित नारायणी अस्पतालमा सङ्क्रमित पुरुषको मृत्यु भएको हो । मृत्यु हुनेमा बाराको महागढीमाई नगरपालिका–६ निवासी ५० वर्षीय पुरुष रहेको अस्पताल स्रोतले जनाएको छ । 

कोरोना सङ्क्रमणको तेस्रो लहरमा पर्साको यो नै पहिलो मृत्युको घटना हो । सङ्क्रमित पुरुष वीरगञ्जकै एक निजी अस्पतालमा उपचारका लागि पुगेका थिए । सङ्क्रमणको लक्षण देखा परेपछि यही माघ ६ गते गरिएको एन्टिजेन परीक्षण रिपोर्ट पोजेटिभ देखिएको थियो ।

कोरोना सङ्क्रमण पुष्टि भएपछि निजी अस्पतालले उपचारका लागि सङ्क्रमितलाई नारायणी अस्पतालमा रेफर गरेको थियो । मधुमेह, कोभिड र निमोनियासहित अस्पताल भर्ना भएका उनको उपचारकै क्रममा मृत्यु भएको र उनले कोरोनाको खोप पनि नलगाएको पाइएको नारायणी अस्पतालका कोभिड संयोजक डाक्टर उदयनारायण सिंहले जानकारी दिनुभयो । 

ओभरलोड बोक्ने ९७ टिप्पर कारबाहीमा

मकवानपुरका विभिन्न स्थानबाट तोकिएको भन्दा बढी वजन÷ओभरलोड बोक्ने ९७ टिपरलाई प्रहरीले कारबाही गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार पूर्वपश्चिम राजमार्गमा गरेको प्रहरी चेकमा ओभरलोड बोक्ने टिपरलाई कारबाही गरिएको  हो  । 

जिल्ला प्रहरी कार्यालय मकवानपुर, जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुर र इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले हेटौँडा उपमहानगरपालिका–११ स्थित पूर्वपश्चिम लोकमार्ग र हेटौँडा–१  स्थित तिर्तिरेधारा क्षेत्रमा प्रहरीको टोली चेकजाँच गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
थाइल्याण्ड भ्रमणबाट लगानी र सहकार्यका सम्भावना खुलेका छन्ः प्रधानमन्त्री एम्बुलेन्सबाट लागुऔषध ओसार-पसार, ९४ हजार ट्रामाडोल बरामद आज चैत्र शुक्ल अष्टमी: चैते दसैँ तीनकुने घटनाको छानबिन जारी छ: आयोग मध्यरातमा रास्वपाको बैठकले गर्यो बिभिन्न चार निर्णय रवि लामिछानेलाई पक्राउ गर्न गएका डिएसपीले अन्तिम इच्छा भनेपछि… रास्वपाको चितवनमा हुने ‘जनयात्रा उद्घाटन’ नरोकिने, नेताहरु चितवन जाँदै तनहुँको भानुमा बस दुर्घटना ट्रकको ठक्करबाट एक बालिकाको मृत्यु अफर ल्याउँदा अनियन्त्रित भिड जम्मा भएपछि अल्टिमाको साइनबोर्ड प्रहरीले हटायो प्रधानमन्त्री ओलीले भेटे बैँककमा भारतीय प्रधानमन्त्री मोदीलाई आइतबार सार्वजनिक बिदा म्याद नाघेका अश्रुग्यास प्रहार नभएको आईजीपी थापाको दावी तीनकुने घटनामा सरकारको पूर्वतयारी के थियो ? माओवादी सांसद पाण्डेको प्रश्न जनमोर्चाका अध्यक्ष चित्रबहादुरले गणतन्त्र र लोकतन्त्र सुरक्षित छैन, सबै चनाखो हुनुपर्ने बताए कुलमानले म हतोत्साहित र उत्तेजित भएको छैन भने नवलपुरका किशोरीहरुले मुख्यमन्त्रीलाई बुझाए ध्यानाकर्षण पत्र आज काठमाडौँमा वायु प्रदूषण घट्यो सुनचाँदीको मूल्य एकैदिन धेरै अन्तरले घट्यो अमेरिकामा छोराले गोली हानेर मारे आफ्नै आमा