२२ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यस्ता असाधारण लक्षण मौसमी फ्लू कि कोभिड, कसरी छुट्टाउने ?

८ माघ २०७८, शनिबार ०९:३७

माघ ८, काठमाडौँ | कोभिड महामारीकाबीच मौसममा देखिएको प्रभावका कारण कोभिड जस्तै लक्षण भएका मानिसहरूको सङ्ख्यामा वृद्धि देखिएको चिकित्सकहरूले बताएका छन्। काठमाण्डू उपत्यकासहित देशका विभिन्न स्थानमा कोभिड सङ्क्रमण पुष्टि हुने क्रम दिनानुदिन बढ्दो क्रममा छ।

यसले मौसमी फ्लू वा रुघाखोकी लागेका मानिसहरू डराएका र परीक्षण गर्ने गरेका छन्। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको क्लीनीकल रिसर्च युनिटका प्रमुख डा. शेरबहादुर पुनका अनुसार कोरोनाभाइरसको ओमिक्रोन भेरिअन्टको सङ्क्रमणमा देखिने लक्षण र प्रत्येक वर्ष जाडोको बेला देखिने स्वास्थ्य समस्यामा ‘धेरै हदसम्म’ समानता छ।

‘यसले गर्दा यो वा त्यो भनेर [परीक्षण नगरी] छुट्टाउन गाह्रो छ,’ डा. पुनले भने। फ्लूमा अचानक ज्वरो आउने, जिउ दुख्ने हुन्छ भने चिसोले हुने रुघाखोकीमा नाकबाट पानी बग्ने र हाच्छिउँ आउने अवस्था हुन्छ। नेपालमा हाल फैलिएको भनिएको कोभिडको ओमिक्रोन भेरिअन्टको लक्षण पनि फ्लू र रुघाखोकी जस्तै रहेको डा. पुनको भनाइ छ।

यस्ता लक्षण देखिएमा कोभिड हो वा होइन कसरी यकिन गर्न सकिन्छ त ? ओमिक्रोनका लक्षण के-के हुन ?

हाल विश्वभर तीव्र गतिमा फैलिरहेको कोभिड-१९ को ओमिक्रोन भेरिअन्ट निकै सङ्क्रामक रहेको वैज्ञानिकहरूले बताएका छन्। तर यो प्रकारको कोरोनाभाइरसले विगतका भेरिअन्टभन्दा मध्यम खालका लक्षणहरू देखाइरहेको र रुघाखोकी वा फ्लूसँग मिल्दोजुल्दो बनाएको छ।

वैज्ञानिकहरूका अनुसार ओमिक्रोनबाट सङ्क्रमित भएका व्यक्तिमा नाकबाट पानी बग्ने, टाउको दुख्ने, शरीर गल्ने, हाच्छिउँ आउने र घाँटी दुख्ने जस्ता आम लक्षण देखिन्छ। ब्रिटिश न्याश्नल हेल्थ सर्भिसेज एनएचएसले अकस्मात्को निरन्तर खोकी, ज्वरो वा उच्च तापक्रम अनि स्वाद वा गन्ध हराउनु वा परिवर्तन हुने जस्ता लक्षणहरूबारे भने सचेत रहन सुझाव दिएको छ।

फ्लू कि कोभिड कसरी थाहा पाउने ?

कोभिड र मौसमी फ्लूबीच निकै कम फरक रहेकाले आफूलाई के भएको हो थाहा पाउन सहज नहुने चिकित्सकहरू बताउँछन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारी रुघाखोकी, सास फेर्न गाह्रो हुने, घाटी खसखस गर्ने, टाउको दुख्ने वा पखाला लाग्ने जुनसुकै लक्षण भए पनि सबैभन्दा पहिले महामारीको समयमा भएकाले कोभिडकै सङ्क्रमण चक्रमा आफू रहेको बुझ्नुपर्ने बताउँछन्।

‘त्यस्तो भयो भने परीक्षण गर्ने, अलग्गै बस्ने वा सावधानी लिने कुरा आउँछ। होइन यो मौसमी रुघाखोकीको बेला हो भनेर हामीले बुझ्यौँ भने कोभिड-१९ को सङ्क्रमण झनै फैलिएर भयावह हुनसक्छ,’ उनले भने। डा. पुनले भने ओमिक्रोनको लक्षणलाई डेङ्गीका लक्षण जस्तै रूपमा आफूले हेर्ने गरेको बताउँछन्।

डेङ्गी हुँदा बिरामीहरूले टाउकोको अगाडिको भाग वा आँखा नजिकको भाग एकदमै दुखेको वा जिउ एकदमै दुखेको महसुस गर्ने उनको भनाइ छ। ‘रुघाखोकीमा यस्तै हुनुपर्छ भन्ने छैन। मन्द हुन्छ। कोभिडको हकमा टाउको दुख्ने अनि जिउ दुख्ने करा दुई कदम अघि बढे जस्तो देखिन्छ,’ उनले भने।

त्यसबाहेक रुघाखोकीमा घाँटी दुख्ने वा खसखसाउने भए पनि त्यो मन्द हुन्छ। ओमिक्रोन भेरिअन्टबाट सङ्क्रमित भएकाहरूमा त्यस्तो दुखाइ पनि अलि बढी हुने उनी बताउँछन्। कुनै एक घरमा एक जनामा कोभिड सङ्क्रमण पुष्टि भइसकेको अवस्थामा परिवारका अन्य सदस्यमा पनि लक्षण देखिए परीक्षणका लागि जानु नपर्ने चिकित्सकहरूले बताउँदै आएका छन्।

तर अरूलाई सर्न सक्ने हुँदा त्यस्ता व्यक्तिहरूले सतर्कता अपनाउने र एकान्तवासमा बस्ने जस्ता कार्यहरू भने गर्नुपर्ने उनीहरूको भनाइ छ। ‘समान लक्षण समान भए हैजा फैलिएको ठाउँमा सबैको हैजा परीक्षण त गर्नुपर्दैन,’ डा. पुनले भने।

डा. अधिकारीका अनुसार विगतमा नेपालमा १० दिन एकान्तवास बस्नुपर्ने प्रावधान रहे पनि ओमिक्रोनसम्बन्धी अध्ययनका प्रमाणमा आधारित रहेर त्यो अवधि सात दिनमा झारिएको छ। तर कसैमा लक्षण सक्रिय रहेको अवस्थामा भने त्यो अवधिभर र लक्षण हराएको तीन दिन थप एकान्तवासमा बस्नुपर्ने उनी बताउँछन्। -बीबीसी नेपाली सेवाबाट |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला बसको ठक्करबाट पैदल यात्रीको मृत्यु श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या सुनचाँदीको मूल्य बढ्यो १० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै