२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

मुगुमा समुदाय स्वास्थ्य संस्थाबाट सेवा लिनेको भिड

२०७८, ९ माघ आईतवार ०१:११

दान बहादुर बुढा | माघ ९, मुगु | कुनै बेला बिरामी पर्दा सिटामोल नपाईने बिरामी हुँदा स्वास्थ्यकर्मी र डाक्टर नभेटीने मुगु जिल्लाको पूर्वी भेगमा रहेको मुगमकामारेङ्ग गाँउपालिकाका नागरिक पछिल्लो समयमा सामुदायिक स्वास्थ्य संस्था रिउस वगरामाज नियमित डाक्टर बस्दा सेवा लिनेको संख्या भिड लाग्ने गरेको छ ।

छाँया नेपाल नामक संस्थाको आर्थिक सहयोगमा निमार्ण गरिएको समुदाय स्वास्थ्य भवन रिउसमा बिभिन्न संघ संस्था र स्थानिय सरकार मुगमकामारोङ्ग गाँउपालिकाको पहलमा एक जना  डाक्टरको दरबन्दि श्रृजना गरी नियमित रुपमा डाक्टर सेवा दिन थालेपछि मुगकामारोङ्ग गाँउपालिकामा रहेकोका माग्री, मह, ताखा, खारी कार्ती, किम्री, दाउरा, रिउस, पुलु, मुगु, डोल्फुका स्थानिय बासीहरु पालिकाबाट सहज रुपमा स्वास्थ्य सेवा पाउन थालेका हुन् ।


पालिका भित्र स्वास्थ्य संस्था छन्, स्वास्थ्य कर्मीको पनि राज्यले ब्यावस्था गरेको छ । तर नियमित स्वास्थ्यकर्मी नबस्ने, औषधी पनि नपाइने बिरामी हुँदा गमगढी बजार पुग्नुपर्ने की त निजी मेडीकलमा चर्को मुल्यमा औषधी खरीद गर्नुपर्ने हुन्थो, अव आफ्नै गाँउपालिकामा नियमित रुपमा डाक्टर बसेर औषधी उपचार सल्लाह पाउदा निकै राम्रो हुनाले औषधी गर्न आएको मुगमकामारोङ गाँउपालिका माग्री गाँउका नोसाङ्ग कार्मीले बताएका छन ।


'बिकट हिमाली जिल्लामा आएर सेवा दिन पाउँदा निकै खुसी लागेको छ र यस क्षेत्रका जनताहरु सामान्य उपचारको लागी सल्लाह नपाएर निकै दु:ख पाएको महसुश गरेको छु । यस क्षेत्रमा आएको ३ महिना जति हुन लाग्यो, नियमित बिरामीहरु सेवा लिन आईरहेका छन् । मुख्य समस्या भनेको रुघा-खोकी, ज्वरो आउने, ग्यास्टीक, दम, हाडजोर्नि, बाथरोग लगाएत अन्य रोगका बिरामीहरु यहाँ उपचारको लागि आउने गरेका छन । सकेसम्म आफूले जानेको उपचार गर्न सक्ने सबै बिरामीहरु यहीबाट उपचार पाएर घर फर्कने गरेका छन् । यहाँ उपचार हुन नसक्ने बिरामीहरुलाई गमगढी जिल्ला अस्पतालसम्म जानको लागी सल्लाह दिने गरेको छु । तर अहिलेसम्म एक जनालाई मात्र रिफर गरिएको छ । औषधीको लागी गाँउपालिकामा माग गरिएको छ, केही औषधी आईसकेको छ भने केही आउन बाँकी रहेको छ । यो पालिकामा सबै बस्तीमा बस्ने जनजाति लामा बस्तीका मानिसहरु हुने हुँदा भाषाको समस्या हुने गरेको छ' डाक्टर भबिन्द्र कार्कीले बताए ।


मुगुम कामारोङ्ग गाँउपालिकामा रहेका एक दर्जन स्वास्थ्य संस्थाबाट पनि स्वास्थ्य सेवा दिईरहेको भएपनि पालिकामा रहेका जनताहरुको दु:खलाई मध्यनजर राख्दै पालिकाको र छाँया नेपालको आर्थिक सहयोगमा भवन निमार्ण गरिएको हो । समुदाय संस्थामा पालिकाको र अन्य संघ-सस्थाको सहयोगबाट एकजना डाक्टर अन्य ७ जना जती स्वास्थ्यकर्मीको  ब्यावस्था गर्दा स्वास्थ्य सेवा दिन निकै सहज भएको छ । पछिल्लो समयमा छाँया नेपाल र यूएमएन संस्थाले ल्यावको मेशिन र अन्य सामान उपलब्ध गराउदा केही भैतिक पूर्वधारको अभाव रहेको देखिन आएको छ । पालिकामा आर्थिक बजेट कम भएको हुँदा संघ-संस्थाहरुलाई भैतिक पूर्वधार निमार्णको गर्नको लागी आर्थिक सहयोग गरिदिनहुन अनुरोध गरिरहेको मुगमकामारोङ्ग गाँउपालिकाका अध्क्षय छिरीङ्ग क्याप्रने लामाले बताएका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ हर्क साम्पाङ आज गृह मन्त्रालय जाँदै सभामुखका लागि मनोनयन दर्ता गर्न पुगे डीपी अर्याल आज सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा वृद्धि राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन