२०८२, १ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालमा कोरोना संक्रमितमध्ये ८८ प्रतिशतमा ओमिक्रोन भेरियन्ट पुष्टि

२०७८, ९ माघ आईतवार ११:४२

माघ ९, काठमाडौँ | नेपालमा कोरोनाभाइरस संक्रमित मध्ये ८८ प्रतिशतमा ओमिक्रोन भेरियन्ट पाइएको छ । विश्वप्यापी रुपमा डेल्टा भेरियन्टको संक्रमणलाई ओमिक्रोन भेरियन्टले प्रतिस्थापन गरेजस्तै नेपालमा समेत सोही अवस्था देखिएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा.समीर कुमार अधिकारीले आइतबारको नियमित प्रेस ब्रिफिङमा बताए ।


राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पछिल्लो समय देशभरबाट संकलित ३२ नमुनाको जिन सिक्वेन्सिङ गर्दा २८ नमुनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको मन्त्रालयले जनाएको छ । बाँकी ४ वटा नमुनामा डेल्टा भेरियन्ट पुष्टि भएको मन्त्रालयको भनाइ छ । 


‘नेपालमा भइरहेको पछिल्लो संक्रमणमा एस–जीन पोजेटिभ भएपनि ८८ प्रतिशत ओमिक्रोन भेरियन्ट रहेको पाइएको छ’, अधिकारीले भने।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार