एजेन्सी | भारत बिहारस्थित बक्सर जिल्लामा विषाक्त रक्सी सेवनबाट पाँच जनाको मृत्यु भएको छ। भने अन्य चार जनाको अवस्था गम्भीर रहेको छ। गम्भीर ४ जनालाई अस्पतालमा भर्ना गरिएको छ।
बक्सर जिल्लाको डुमराव विधानसभा अन्तर्गत पर्ने अन्सारी नाम गाउँमा यो घटना भएको हो। बक्सरका प्रहरी अधिकारी नीरज कुमार सिंहले सञ्चारमाध्यमसँगको कुराकानीका क्रममा प्रशासनले घटना बारे जाँच गरिरहेको बताए। डुमरांवका भाकपा (माले) विधायकले मृतकका परिवारलाई राहत दिन माग गरेका छन्।