१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ओमिक्रोन भेरियन्ट छाला र प्लाष्टिकमा कहिलेसम्म जीवितै रहन्छ ?

१३ माघ २०७८, बिहीबार ०९:४८

माघ १३, काठमाडौँ | एजेन्सी | कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन यसअघिका भेरियन्टभन्दा लामो समयसम्म छाला र प्लाष्टिकमा जीवित रहने एउटा अध्ययनले दाबी गरेको छ । जापानका अनुसन्धानकर्ताहरुले गरेको अध्ययनमा अल्फा, बिटा, डेल्टा र गामाजस्ता यसअघिका भेरियन्टभन्दा ओमिक्रोन बढी समय जीवितै रहने दाबी गरिएको हो । 

जापानस्थित क्वेटो प्रिफेक्चुर युनिभर्सिटी अफ मेडिसिनका अनुसन्धानकर्ताहरुले सार्स–कोभ–२ वुहान भाइरस र सबै भेरियन्ट अफ कन्सर्न (भीओसी) बीच भाइरल पर्यावरणीय स्थिरताको भिन्नताको विश्लेषण गरेका थिए ।

समिक्षा गर्न बाँकी रहेको सो अध्ययनले ओमिक्रोन छालमा २१ घन्टा र प्लाष्टिकको सतहमा आठ दिनसम्म बाँच्न सक्ने उल्लेख छ । सोही कारण अन्य भेरियन्टभन्दा ओमिक्रोन चाँडो फैलिन सक्ने अनुमान गरिएको छ । 

‘यी भीओसीको उच्च पर्यावरणीय स्थिरताले संसर्ग हुने र फैलाउने जोखिम बढाउन सक्छ,’ अध्ययनका लेखकहरूले भनेका छन् । भेरियन्ट अफ कन्सर्नमध्ये ओमिक्रोनको उच्च पर्यावरणीय स्थिरता रहेको यस अध्ययनले देखाएको वैज्ञानिकहरुले बताएका छन् ।

ओमिक्रोन प्लाष्टिकको सतहमा १९३ दशमलब ५ घन्टा र छालामा २१ दशमलब १ घन्टा रहन सक्ने अध्ययनले देखाएको छ । जबकी मौलिक संक्रमण र अल्फा, बिटा, गामा, डेल्टा जस्ता अन्य भेरियन्ट क्रमशः ५६ घन्टा, १९१.३ घन्टा, १५६.६ घन्टा, ५९.३ र ११४ घन्टासम्म प्लाष्टिकमा जीवितै रहने अध्ययनको निस्कर्ष छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक