२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संक्रमण घटेको होइन, परीक्षण गराउनै नगएका हुन् !

२०७८, १७ माघ सोमबार ०३:२३

माघ १७, काठमाडौँ | कोरोना भाइरस संक्रमणको ग्राफ घटेको जस्तो देखिए पनि जोखिम उस्तै रहेको विज्ञहरुले जनाएका छन् । अहिले मानिसहरुमा संक्रमण कायमै रहेपनि सामान्य मानेर चेक नगराई घरमै बस्नेहरुको कारण कोरोना संक्रमण घटेजस्तो देखिएको बताइएको छ । 

मानिसहरुमा लक्षण छ । रुघाखोकीको लहर पनि छ । तर, धेरै मानिसहरु परीक्षण गर्न नगई घरमै बसेको कारण कोरोना संक्रमित घटेको जस्तो देखिएको बिज्ञहरुको भनाई छ । संक्रमितहरुले परीक्षण नगरेकै कारण तथ्यांक यकिन नभएको हो । जटील नबन्दासम्म चेक गर्न वा अस्पताल नजाने गरिएको छ । सामान्य लक्षण भएकाहरुलाई समेत सरकारी अस्पतालमा समेत कोरोना चेक गरेको शुल्क लिने गरेको कारण पनि मानिसहरु परीक्षण गराउन जाँदैनन् । 

सरकारले मापदण्ड पुगेकाहरुलाई परीक्षण शुल्क निशुल्क भने पनि कतिपय अस्पतालमा लक्षण देखिएकाहरुको समेत कोरोना परीक्षण शुल्क लिने गरेको गुनाशो छ ।  

विज्ञहरुकै कुरालाई आधार मान्ने हो भने पनि जुन दरमा संक्रमण फैलिरहेको छ त्यो दरमा परीक्षण नै भएको छैन । यसै कारण कोरोनाको ग्राफ घटेको भन्नु मुर्खता हुने बताइएको छ । परीक्षणकै कारण समुदायमा कोरोनाको जोखिम बढिरहेको

 छ । 

सरकारले आइतबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा एन्टिजेन र पीसीआर विधिबाट १३ हजार १ सय ५४ जनाको कोरोना परीक्षण भएको थियो । जसमध्ये ३ हजार ५ सय ४० जनालाई कोरोना लागेको पुष्टि भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी