२५ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

अस्पताल सरसफाइमा खट्दै अस्पतालका प्रमुख

१७ माघ २०७८, सोमबार ०८:१०

माघ १७, चितवन | हरेक सोमबार बिहान ७ बजे भरतपुर अस्पतालका प्रमुखको नेतृत्वमा अस्पताल सरसफाइ हुने गर्दछ । एक घण्टासम्म अस्पतालका कर्मचारीसँग सरसफाइ गरेपछि चिया नास्ता लिँदै सरसफाइसम्बन्धी नै भलाकुसारी हुने गर्दछ । 

यो अभियान एक दिनको सरसफाइका लागि मात्रै नभएर सरसफाइको निरन्तरका लागि हो । कमीकमजोरी पहिचान गर्ने, त्यसको समाधानको खोजी गर्ने मात्रै होइन, सफाइको दीर्घकालीन समाधानका बारेमा पनि छलफल चल्ने गर्दछ । गत वर्षबाट सुरु भएको यो अभियानमा अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारी, मेसु प्रा डा कृष्णप्रसाद पौडेलसहित अस्पतालका कर्मचारी र विभिन्न सामाजिक सङ्घसंस्थाका प्रतिनिधिहरुको उपस्थिति हुने गर्दछ । पछिल्ला केही साता मेसु पौडेलको नेतृत्वमा अस्पतालका कर्मचारी मात्रै सहभागी हुँदै आएका छन् ।

पौडेलले भन्नुभयो, “हामीले यस अभियानलाई निरन्तरता दिएका छौँ, जसले अस्पतालको सरसफाइमा सहयोग पुगेको छ ।” आफू स्वयं उपस्थित हुँदा  सरसफाइकर्मी र अन्य कर्मचारीसमेत सक्रिय रुपमा सहभागी हुने गरेको उहाँको भनाइ छ । पौडेलले अगाडि थप्नुभयो, “एक दिनको सफाइ मात्रै भएको छैन, सरसफाइकर्मीलाई हौसला पनि मिलेको छ ।”

सरसफाइका कर्मचारीसँग अन्य समयमा भेट नहुने बताउँदै उहाँले भन्नुभयो, “उनीहरुको गुनासा सुन्ने, सम्बोधन गर्ने काम यही अभियानबाट भएको छ ।” सरसफाइसँगै बसेर चिया नास्ता खाँदा उनीहरुले आफ्ना गुनासा राख्ने अवसर पाएको पौडेलको भनाइ छ । यस अभियानले अस्पताललाई सफा राख्नुपर्छ भन्ने जागरण सिर्जना भएको उहाँ बताउनुहुन्छ ।

सरकारी अस्पताल भएकाले सेवाग्राहीले फोहर बिसर्जनलाई महत्व नदिने हुँदा ठाउँठाउँमा फोहर हुने गर्दछ । अभियान सुरु गर्नुअघि अस्पताल फोहर हुने गरेको निकै धेरै गुनासो आउने गरेकोमा केही सम्बोधन भएको पौडेलले जानकारी दिनुभयो । गत वर्ष सुरुआती चरणमा सामाजिक सङ्घसंस्था र प्रहरीसँग सहकार्य गरेर अध्यक्ष अधिकारीको नेतृत्वमा अभियान थालनी गरिएको हो । पहिला हरेक शनिबार सरसफाइ गर्ने गरिन्थ्यो । यो अभियानमा नेपाल प्रहरीसँगै, वे ग्रुप नेपाल, सन्देश फाउण्डेशन, महानगर युवा सञ्जाल, द युनाइटेड चितवन, वार्सा नेपाललगायत अन्य विभिन्न सङ्घसंस्था सहभागी हुने गरेका थिए ।

पौडेल सुपरिटेण्डेण्ट भएपछि भदौबाट यो अभियान थालिएको हो । पछिल्ला केही साता अस्पताल बाहिरका अभियन्ता सरसफाइमा सहभागी भएका छैनन् । पौडेलले भन्नुभयो, “निकै चिसो भएकाले अभियन्ता नआएको हुन सक्छ ।” अस्पतालभित्र सरसफाइका लागि भनेर ९२ जना कर्मचारी कार्यरत छन् । ती कर्मचारीलाई अन्य काममा लगाइने हुँदा सबैले सरसफाइमा ध्यान दिन पाउँदैनन् ।

‘स्वच्छ वातावरण, स्वास्थ्य जीवन’ ‘फोहरमैला जथाभावी फाल्ने समाजका शत्रु हुन्’ भन्ने नाराका साथ अभियान सञ्चालन हुँदै आएको छ । सुरुआती चरणमा प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुखसमेतको उपस्थिति हुने गरेको थियो । अस्पताल विकास समितिका अध्यक्ष अधिकारी अस्पताल सफाइ गर्ने अभियान आफ्नै नेतृत्वमा थालिएको बताउनुहुन्छ । यसबाट सबै सफा नभए पनि सन्देश प्रवाह भएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “धेरै मानिसको आवतजावत हुने भएकाले फोहर हुन्छ, अस्पतालका सबै ठाउँमा नियमित सरसफाइ छुट्न सक्ने हुँदा अभियान सार्थक भएको छ ।”

अस्पताल विकास समितिका पूर्वअध्यक्ष एवं प्रदेशसभा सदस्य विजय सुवेदी फोहरमैला व्यवस्थापनका क्षेत्रमा अस्पतालमा राम्रो काम भइरहेको बताउनुहुन्छ । अस्पतालमा फोहोर व्यवस्थापन व्यवस्थित नभएसम्म बाहिरबाट अभियन्ताहरुसहितको सहयोग आवश्यक पर्ने भन्दै उहाँले आउँदा दिनहरुमा फोहोर मैलाको व्यवस्थापन एक प्रणालीमा आएपछि अभियानको आवश्यकता नहुने बताउनुभयो । अहिले अस्पताल प्रमुख स्वयं उपस्थित भएर नियमित सरसफाइ गर्नु सकारात्मक कार्य भएको उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गा प्रसाईंलाई तत्काल रिहा गर्न राप्रपाको माग निर्वाचनका लागि सुरक्षा सुदृढ बनाउन सरकार प्रतिवद्ध छ: गृहमन्त्री अर्याल चुनाव पछाडि फेरि कहीँ कतै आगो लाग्नु हुँदैन: गगन थापा यसपटक चितवन मात्र जितेर हुँदैन, देशैभरि जित्नुपर्ने अवस्था छ: रवि लामिछाने प्रधानमन्त्री कार्कीबाट अभिनेता सुनिल थापाको निधनप्रति दुख व्यक्त एघार हतियार बुझाइयो मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु वरिष्ठ कलाकार सुनिल थापाको निधन काठमाडौँमा चर्को आवाज निकाल्ने मोटरसाइकलमाथि कडा निगरानी मोटरसाइकल पार्किङको विषयमा झगडा हुँदा एक जनाको मृत्यु स्रोत नखुलेको रकमसहित एक जना पक्राउ भिड्न आउँछु भन्नेलाई म स्वागत गर्छु: केपी शर्मा ओली नेपाल–भारत सीमामा हतियारसहित एकजना पक्राउ नेपालको सबैभन्दा पुरानो पार्टी पनि कांग्रेस हो र सबैभन्दा नयाँ पार्टी पनि कांग्रेस नै हो: सभापति थापा सिरिन्ज आक्रमणबाट एक जनाको मृत्यु सामाजिक सञ्जाल विधेयक फिर्तासम्बन्धी प्रस्ताव राष्ट्रियसभामा प्रस्तुत हुँदै सुनचाँदीको मूल्य घट्यो कांग्रेसले कसैसँग चुनावी गठबन्धन गर्दैन: देवराज चालिसे कारको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु नेप्से परिसूचक २७.१९ अंकले बढ्यो