२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

स्याङ्गजा - SNJ

स्याङ्जा अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालन

२०७८, १९ माघ बुधबार ०६:३८

माघ १९, वालिङ | जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालनमा आएको छ । बिजुली नहुँदा जडान भएर पनि जिल्ला अस्पतालमा लामो समयदेखि अक्सिजन प्लान्ट सञ्चालनमा आउन सकेको थिएन । 

कोरोना भाइरसको सङ्क्रमणका समयमा अक्सिजन प्लान्टको महशुस गरी गत असारमा सो प्लान्ट स्थापना गरिएको हो । विद्युतको समस्याले त्यसयता प्लान्ट सञ्चालन गर्न नसकिएको प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले जानकारी दिनुभयो । “झण्डै सात÷आठ महिनासम्म प्लान्ट प्रयोगविहीन अवस्थामा रह्यो”, उहाँले भन्नुभयो, “नेपाल विद्युत प्राधिकरणसँगको समन्वय र सहयोगमा विद्युतको क्षमता विस्तार गरी प्लान्ट सञ्चालनमा ल्याइएको हो ।”

कोरोना सङ्क्रमण दर बढ्दै गएपछि प्लान्ट सञ्चालनका लागि प्रजिअ पौडेलले समन्वय गर्नुभएको थियो । अक्सिजन प्लान्ट सञ्चालनमा आएसँगै अब जिल्लाका बिरामीलाई अक्सिजनको अभाव नहुने अस्पताल सञ्चालक समितिका अध्यक्ष ईन्द्रबहादुर गोदारले बताउनुभयो । पन्ध्र एनएमक्यूब क्षमताको उक्त प्लान्टले प्रतिघण्टा १५ हजार लिटर अक्सिजन उत्पादन गर्न सक्ने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रमेशप्रसाद आचार्यले जानकारी दिनुभयो । प्लान्टबाट दैनिक ७० देखि ७५ वटा सिलिण्डर भर्न सकिने उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन