४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

स्याङ्गजा - SNJ

स्याङ्जा अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालन

१९ माघ २०७८, बुधबार ०६:३८

माघ १९, वालिङ | जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालनमा आएको छ । बिजुली नहुँदा जडान भएर पनि जिल्ला अस्पतालमा लामो समयदेखि अक्सिजन प्लान्ट सञ्चालनमा आउन सकेको थिएन । 

कोरोना भाइरसको सङ्क्रमणका समयमा अक्सिजन प्लान्टको महशुस गरी गत असारमा सो प्लान्ट स्थापना गरिएको हो । विद्युतको समस्याले त्यसयता प्लान्ट सञ्चालन गर्न नसकिएको प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले जानकारी दिनुभयो । “झण्डै सात÷आठ महिनासम्म प्लान्ट प्रयोगविहीन अवस्थामा रह्यो”, उहाँले भन्नुभयो, “नेपाल विद्युत प्राधिकरणसँगको समन्वय र सहयोगमा विद्युतको क्षमता विस्तार गरी प्लान्ट सञ्चालनमा ल्याइएको हो ।”

कोरोना सङ्क्रमण दर बढ्दै गएपछि प्लान्ट सञ्चालनका लागि प्रजिअ पौडेलले समन्वय गर्नुभएको थियो । अक्सिजन प्लान्ट सञ्चालनमा आएसँगै अब जिल्लाका बिरामीलाई अक्सिजनको अभाव नहुने अस्पताल सञ्चालक समितिका अध्यक्ष ईन्द्रबहादुर गोदारले बताउनुभयो । पन्ध्र एनएमक्यूब क्षमताको उक्त प्लान्टले प्रतिघण्टा १५ हजार लिटर अक्सिजन उत्पादन गर्न सक्ने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रमेशप्रसाद आचार्यले जानकारी दिनुभयो । प्लान्टबाट दैनिक ७० देखि ७५ वटा सिलिण्डर भर्न सकिने उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ