२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तनहुँ - TNH

चिकित्सकले प्रोत्साहन भत्ता नपाएकामा श्रममन्त्रीको चासो

२०७८, २३ माघ आईतवार ०३:०१

माघ २३, काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले दमौली अस्पतालका चिकित्सकले प्रोत्साहनभत्ता नपाएका विषयमा चासो व्यक्त गर्नुभएको छ । राष्ट्रिय समाचार समिति (रासस)बाट चिकित्सकले तलबभत्ता नपाएको समाचार सम्प्रेषण  भएपछि उहाँले सो चासो व्यक्त गर्नुभएको हो । “अग्रपङ्क्तिमा खटिएका चिकित्सकले समयमै तलबभत्ता नपाउनु दुःखद् हो  । सम्बन्धित निकायबाट विस्तृतरूपमा जानकारी पाएपछि मैले गर्नुपर्ने सबै सहयोग गर्छु ।”उहाँले भन्नुभयो । 

दमौली अस्पतालमा कार्यरत चिकित्सकले विसं २०७७ साउनदेखि हालसम्म प्रोत्साहन भत्ता पाएका छैनन् । अस्पतालमा कार्यरत डा आस्था रेग्मी, डा राजु रानामगर, डा दिवस ढकाल, डा सुनयन सुवेदी, डा सिन्चन पाण्डे, डा पूजा सैँजु, डा प्रशन्न कार्की, डा अभिनन्दन तिवारी, डा सञ्जीव भण्डारी, डा कृष्ण गिरी र डा सुशील विकले १८ महिनादेखि प्रोत्साहन भत्ता नपाएपछि गत शुक्रबार प्रजिअलाई ज्ञापनपत्र बुझाएका थिए । 

विपद्मा रेडक्रसको भूमिका सराहनीय : नेता पौडेल

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले विपद्मा रेडक्रसको भूमिका सराहनीय रहेको बताउनुभएको छ । नेपाल रेडक्रस सोसाइटी कोटदरबार उपशाखाको दोस्रो अधिवेशनको उद्घाटन गर्दै केन्द्रीय उहाँले विपद्को घडीमा रेडक्रसले पुर्याएको योगदानको जति चर्चा गरे पनि कम हुने बताउनुभयो । 

तत्कालीन संविधानसभा सदस्य झुलबहादुर आले, ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठलगायतले रेडक्रसको भूमिका बारेमा चर्चा गर्नुभएको थियो । अधिवेशनले उपशाखाको सभापतिमा इन्द्रबहादुर आलेलाई चयन गरेको छ । उपसभापतिमा खेलीमाया थापा, सचिवमा कविराज श्रेष्ठ, कोषाध्यक्षमा विष्णुबहादुर आले, उपसचिवमा इन्द्रबहादुर आले, उपकोषाध्यक्षमा श्रीराम आले चयन हुनुभएको छ । सदस्यमा टङ्कबहादुर थापा, तिलबहादुर थापा, गणेशकुमार श्रेष्ठ, मीनकुमारी आले र सन्तबहादुर थापा चयन हुनुभएको छ । यसैगरी  रेडक्रस  तनहुँको जिल्लासभाका लागि इन्द्रबहहादुर आले, खेलीमाया थापा, कविराज श्रेष्ठ, विष्णुबहादुर आले र श्रीराम आले प्रतिनिधिका रूपमा छनोट हुनुभएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी