२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तनहुँ - TNH

चिकित्सकले प्रोत्साहन भत्ता नपाएकामा श्रममन्त्रीको चासो

२३ माघ २०७८, आईतवार ०३:०१

माघ २३, काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले दमौली अस्पतालका चिकित्सकले प्रोत्साहनभत्ता नपाएका विषयमा चासो व्यक्त गर्नुभएको छ । राष्ट्रिय समाचार समिति (रासस)बाट चिकित्सकले तलबभत्ता नपाएको समाचार सम्प्रेषण  भएपछि उहाँले सो चासो व्यक्त गर्नुभएको हो । “अग्रपङ्क्तिमा खटिएका चिकित्सकले समयमै तलबभत्ता नपाउनु दुःखद् हो  । सम्बन्धित निकायबाट विस्तृतरूपमा जानकारी पाएपछि मैले गर्नुपर्ने सबै सहयोग गर्छु ।”उहाँले भन्नुभयो । 

दमौली अस्पतालमा कार्यरत चिकित्सकले विसं २०७७ साउनदेखि हालसम्म प्रोत्साहन भत्ता पाएका छैनन् । अस्पतालमा कार्यरत डा आस्था रेग्मी, डा राजु रानामगर, डा दिवस ढकाल, डा सुनयन सुवेदी, डा सिन्चन पाण्डे, डा पूजा सैँजु, डा प्रशन्न कार्की, डा अभिनन्दन तिवारी, डा सञ्जीव भण्डारी, डा कृष्ण गिरी र डा सुशील विकले १८ महिनादेखि प्रोत्साहन भत्ता नपाएपछि गत शुक्रबार प्रजिअलाई ज्ञापनपत्र बुझाएका थिए । 

विपद्मा रेडक्रसको भूमिका सराहनीय : नेता पौडेल

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले विपद्मा रेडक्रसको भूमिका सराहनीय रहेको बताउनुभएको छ । नेपाल रेडक्रस सोसाइटी कोटदरबार उपशाखाको दोस्रो अधिवेशनको उद्घाटन गर्दै केन्द्रीय उहाँले विपद्को घडीमा रेडक्रसले पुर्याएको योगदानको जति चर्चा गरे पनि कम हुने बताउनुभयो । 

तत्कालीन संविधानसभा सदस्य झुलबहादुर आले, ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठलगायतले रेडक्रसको भूमिका बारेमा चर्चा गर्नुभएको थियो । अधिवेशनले उपशाखाको सभापतिमा इन्द्रबहादुर आलेलाई चयन गरेको छ । उपसभापतिमा खेलीमाया थापा, सचिवमा कविराज श्रेष्ठ, कोषाध्यक्षमा विष्णुबहादुर आले, उपसचिवमा इन्द्रबहादुर आले, उपकोषाध्यक्षमा श्रीराम आले चयन हुनुभएको छ । सदस्यमा टङ्कबहादुर थापा, तिलबहादुर थापा, गणेशकुमार श्रेष्ठ, मीनकुमारी आले र सन्तबहादुर थापा चयन हुनुभएको छ । यसैगरी  रेडक्रस  तनहुँको जिल्लासभाका लागि इन्द्रबहहादुर आले, खेलीमाया थापा, कविराज श्रेष्ठ, विष्णुबहादुर आले र श्रीराम आले प्रतिनिधिका रूपमा छनोट हुनुभएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान