२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बागलुङमा हात्तीपाइले रोग विरुद्धको औषधि खुवाइदै

५ फाल्गुन २०७८, बिहीबार ०९:०४

फागुन ५, बलेवा । जिल्लामा १३औँ पटक हात्तीपाइले रोग विरुद्धको औषधि खुवाइने भएको छ । १२औं पटक आम औषधि सेवन अभियान सञ्चालन भइसकेको बागलुङमा अझै हात्तीपाइले रोगका बिरामी फेला परेकाले १३औँ पटक आम औषधि सेवन कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।

गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले आम औषधि सेवन कार्यक्रम सञ्चालनका लागि बागलुङका सरोकारवालासँग समीक्षा तथा योजना गोष्ठी सम्पन्न गरेको छ । जिल्लाका दशवटै स्थानीय तहले फागुनको १५ गतेदेखि अभियानअन्तर्गतका विभिन्न कार्यक्रम सञ्चालन गर्ने कार्ययोजना बनाएका छन् ।

हात्तीपाइलेको प्रारम्भिक खोजीका क्रममा जाँच गरिएकामध्ये २.४६ प्रतिशतमा सङ्क्रमण देखिएकाले आम औषधि सेवन अभियान १३औँ पटक सञ्चालन गर्नुपरेको हो । २०७७ माघ महिनामा आम औषधि सेवन अभियान सञ्चालन पूर्व गरिएको परीक्षणमा १० जनामा पुनः सङ्क्रमण देखिएको थियो । त्यसयता गत चैतमा एक पटक आम औषधि सेवन अभियान सञ्चालन भइसकेको छ । 

इपिडेमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार सङ्क्रमितको दर २ प्रतिशतभन्दा कम नआएमा लगातार दुई वर्ष आम औषधि सेवन अभियान सञ्चालन गरेर औषधि खानुपर्छ । बागलुङ नगरपालिका–१४ को नारायणस्थानमा ८ जना र कुश्मीशेरामा दुई जनामा सङ्क्रमण फेला परेको थियो । दुवै ठाउँमा तीनसय जनामा परीक्षण गरिएको थियो ।

आम औषधि सेवन कार्यक्रम जिल्लाका सबै स्थानीय तहमा सञ्चालन हुनेछ । परीक्षण गरिएकामध्ये दुई प्रतिशतभन्दा कम मानिसमा सङ्क्रमण देखिएको अवस्थामा मात्रै यो आम औषधि खाने अभियान सञ्चालन गर्नु नपर्ने स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले बताउनुभयो । एकजना मात्रै सङ्क्रमित औषधि खानबाट छुट्दा मात्रै जिल्लाभर नै आम औषधि अभियान सञ्चालन गर्नुपर्ने अवस्था आउने भन्दै गुरौले सबै नागरिकलाई औषधि खान आग्रह गर्नुभयो ।

गोष्ठीमा सहभागी स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत तथा स्वास्थ्य शाखाका प्रमुखले सङ्क्रमण देखिएको क्षेत्रमा मात्रै आम औषधि सेवन अभियान चलाउने वा सबै स्थानीय तहमा जाँचको व्यवस्था गर्न माग गरेका थिए । ‘हामीले आम औषधि सेवन चलाउदा समाजमा जानेबुझेका शिक्षकनै औषधि खान मान्नुहुन्न, हाम्रोमा जाँच भएको होइन हामीले किन खाने भन्नुहुन्छ ?’ गलकोट नगरपालिकाको स्वास्थ्य शाखाकी प्रमुख मीरा शर्माले भन्नुभयो, “पटक–पटक सञ्चालन भएको अभियानमा स्वास्थ्यकर्मीलाई असहज भइरहेको छ ।” 

किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौँडाका अनुसार पाँच वर्ष लगातार सबै नागरिकले आम औषधि सेवन अभियानमा सहभागी हुँदा छैटौं पटक औषधि खानुपर्दैन । तर अभियानमा सबै सहभागी नहुँदा पटक–पटक अभियान सञ्चालन गर्नुपरेको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान