२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतमा नयाँ कोरोना भेरिएन्ट भेटिएको चर्चा, कति खतरनाक छ XE भेरिएन्ट ?

२५ चैत्र २०७८, शुक्रबार १७:२२

चैत २५, एजेन्सी । भारतको महाराष्ट्रमा कोरोना भाइरसको नयाँ भेरिएन्टको पहिलो केस फेला परेको खबरले चर्चा पाएको छ । तर, यो खबर फैलिएको केहि समयपछि भारतको केन्द्रिय स्वास्थ्य मन्त्रालयले जुन महिलामा कोरोनाको नयाँ भेरिएन्ट फैलिएको भन्ने समाचार बाहिरिएको थियो, उनमा नयाँ भेरीएन्ट XE को संक्रमण नभएको जनाएको छ । तर पनि उक्त खबरको पुष्टिको लागि अर्को चरणको परीक्षण हुने भएको छ । जक्सो रिपोर्ट एक/दुईदिनमा आउने सम्भावना छ ।

के हो कोरोनाको XE भेरिएन्ट ? कति खतरनाक छ ? कहाँ भेटिएको थियो यो नयाँ प्रकारको कोरोनाको भेरिएन्ट ? 

भारतको मुम्बई नगर निगम यानकी BMC को अनुसार, XE भेरिएन्टबाट संक्रमित सन्दिग्ध बिरामी ५० वर्षीय महिला हुन्, जो कस्ट्यूम डिजाइनर हुन् । ति महिला १० फेव्रुअरीमा साउथ अफ्रीकाबाट भारत फर्किएकि थिइन् । मुम्बई पुग्ने क्रममा परीक्षणको क्रममा उनलाई कोरोना नेगेटिभ देखिएको थियो ।

मार्च २ मा भएको हुई रूटीन परीक्षणमा ति महिलालाई कोरोना पोजेटिभ भएको पाइएको थियो । 

BMC के अनुसार, सीरो सर्वेको लागि पठाइएको मुंबईको कोरोना संक्रमितहरुको २३० नमुना मध्ये २२८ नमुनामा ओमिक्रोन भेरिएन्ट पाइएको थियो । जबकि, एक नमुनामा XE भेरिएन्ट भेटिएको थियो ।


BMC रिपोर्टकै आधारमा मुम्बईकी महिलालाई कोरोनाको नयाँ भेरिएन्ट XE संक्रमण भएको पहिलो केस भन्न थालियो, त्यसपछि  भारतको स्वास्थ्य मन्त्रालयले स्पष्टिकरण दियो कि ति महिलालाई XE भेरिएन्ट लागेको छैन ।

भारतमा जीनोम सीक्वेन्सिङको निगरानी गर्ने सरकारी संस्था INSACOG ले ति महिलाको नमुना फेरी परीक्षण गर्ने भएको छ ।

नोभेम्बर २०२१ मा साउथ अफ्रीकामा भेटिएको भेरिएन्ट अफ कन्सर्न ओमिक्रोन यो बर्ष संसारमा पाइएको कोरोनाको ९० प्रतिशतभन्दा बढी हो ।

ओमिक्रोनको तीन सब-भेरिएन्ट हुन्- BA.1, BA.2 र BA.3, तर पहिलो दुई सब-भेरिएन्ट बढी घातक छन्, जबकि BA.3 त्यति संक्रामक छैन ।

XE भेरिएन्टको पहिलो केस १९ जनवरीमा ब्रिटेनमा भेटिएको थियो । त्यतिबेलादेखि यसले संसारमा ६५० बढीलाई संक्रमित बनाएको छ, जसमा ब्रिटेनमा मात्र यसको ६३७ संक्रमित भेटिएको छ ।

ब्रिटेन बाहेक यो भेरिएन्ट थाईल्याण्ड, फ्रान्स, डेनमार्क र बेल्जियममा पनि संक्रमित भेटिएका छन् ।

विश्व स्वास्थ्य संगठनको अनुसार XE भेरिएन्ट ओमिक्रोनको सबैभन्दा बढी संक्रामक मानिएको ओमिक्रोनको सब-भेरिएन्ट BA.2 भन्दा १० प्रतिशत बढी संक्रामक छ ।

XE भेरिएन्टको गम्भीरता र यसमाथि भ्याक्सिनले गर्ने असरलाई लिएर अहिलेसम्म अध्ययन गर्न बाँकी छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य