२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

डब्ल्युएचओले नेपालको स्वास्थ्य क्षेत्रमा अत्याधुनिक प्रयोगशालाको विकास र प्रशिक्षणमा सहयोग गर्ने

२०७९, १२ बैशाख सोमबार ०९:०६

वैशाख १२, काठमाडाैं | विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)ले नेपालको स्वास्थ्य क्षेत्रमा अत्याधुनिक प्रयोगशालाको विकास र प्रशिक्षणमा सहयोग गर्ने डब्ल्युएचओको प्रतिबद्धता व्यक्त गरेको छ ।

‘महानिर्देशक टेड्रोसले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा चासो लिँदै अत्याधुनिक आनुवंशिक प्रयोगशालाको विकास, उपकरण र प्रशिक्षणमा सहयोग गर्ने अभिलाषा प्रकट गर्नुभएको छ’, डब्ल्युएचओका प्रतिनिधिमण्डलसमक्ष नेपालले प्रस्तुत गरेका विषयलाई उनले सकारात्मकरुपमा लिएर तिनलाई कार्यान्वयन गर्न आवश्यक कार्ययोजनासहितको प्रक्रिया अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको जानकारी मन्त्री खतिवडाले भने।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले आज आयोजित पत्रकार सम्मेलनमा आफ्नो निमन्त्रणामा डब्ल्युएचओका महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयससबाट शनिबार सम्पन्न नेपालको तीनदिने औपचारिक भ्रमण र त्यसक्रममा भएका छलफलबारे जानकारी दिए ।

नेपालमा बाल तथा स्त्रीरोग ओन्कोलोजीमा केन्द्रित मातृ र बाल स्वास्थ्य सहकार्य केन्द्र स्थापना, किटजन्य रोगको तालिम तथा अनुसन्धान केन्द्रलाई डब्ल्युएचओको दक्षिणपूर्वी एशियाली क्षेत्रीय केन्द्रका रुपमा विकास गर्न, अत्यावश्यक औषधि उत्पादन र शल्यचिकित्सासम्बन्धी स्वास्थ्य उद्योग स्थापनाका साथै नेपाली विज्ञहरूलाई अवसर एवं क्षमता विकासमा सहयोग गर्ने प्रतिबद्धता महानिर्देशकले व्यक्त गर्नुभएको उनले बताए।

राष्ट्रिय खोप कार्यक्रम, आपत्कालीन तयारी र प्रतिकार्य प्रणालीलाई सुदृढ बनाउन डब्ल्युएचओले सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरिएको उनले जानकारी दिए नेपालको स्वास्थ्य क्षेत्रको विकासमा डब्ल्युएचओले सहयोग गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना