१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

डब्ल्युएचओले नेपालको स्वास्थ्य क्षेत्रमा अत्याधुनिक प्रयोगशालाको विकास र प्रशिक्षणमा सहयोग गर्ने

१२ बैशाख २०७९, सोमबार ०९:०६

वैशाख १२, काठमाडाैं | विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)ले नेपालको स्वास्थ्य क्षेत्रमा अत्याधुनिक प्रयोगशालाको विकास र प्रशिक्षणमा सहयोग गर्ने डब्ल्युएचओको प्रतिबद्धता व्यक्त गरेको छ ।

‘महानिर्देशक टेड्रोसले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा चासो लिँदै अत्याधुनिक आनुवंशिक प्रयोगशालाको विकास, उपकरण र प्रशिक्षणमा सहयोग गर्ने अभिलाषा प्रकट गर्नुभएको छ’, डब्ल्युएचओका प्रतिनिधिमण्डलसमक्ष नेपालले प्रस्तुत गरेका विषयलाई उनले सकारात्मकरुपमा लिएर तिनलाई कार्यान्वयन गर्न आवश्यक कार्ययोजनासहितको प्रक्रिया अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको जानकारी मन्त्री खतिवडाले भने।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले आज आयोजित पत्रकार सम्मेलनमा आफ्नो निमन्त्रणामा डब्ल्युएचओका महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयससबाट शनिबार सम्पन्न नेपालको तीनदिने औपचारिक भ्रमण र त्यसक्रममा भएका छलफलबारे जानकारी दिए ।

नेपालमा बाल तथा स्त्रीरोग ओन्कोलोजीमा केन्द्रित मातृ र बाल स्वास्थ्य सहकार्य केन्द्र स्थापना, किटजन्य रोगको तालिम तथा अनुसन्धान केन्द्रलाई डब्ल्युएचओको दक्षिणपूर्वी एशियाली क्षेत्रीय केन्द्रका रुपमा विकास गर्न, अत्यावश्यक औषधि उत्पादन र शल्यचिकित्सासम्बन्धी स्वास्थ्य उद्योग स्थापनाका साथै नेपाली विज्ञहरूलाई अवसर एवं क्षमता विकासमा सहयोग गर्ने प्रतिबद्धता महानिर्देशकले व्यक्त गर्नुभएको उनले बताए।

राष्ट्रिय खोप कार्यक्रम, आपत्कालीन तयारी र प्रतिकार्य प्रणालीलाई सुदृढ बनाउन डब्ल्युएचओले सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरिएको उनले जानकारी दिए नेपालको स्वास्थ्य क्षेत्रको विकासमा डब्ल्युएचओले सहयोग गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार