४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रुपन्देही - RPD

बालविवाह र मातृशिशु मृत्युदर घटाउन छोरीकाे बिमा

२१ बैशाख २०७९, बुधबार ०४:०२

 वैशाख २१, भैरहवा | बालविवाह र उच्च मातृशिशु मृत्युदर घटाउन रूपन्देहीको गैँडहवा गाउँपालिकाले बालिका बीमा कार्यक्रम सञ्चालनमा ल्याइएकाे छ । २० वर्षभन्दा कम उमेरमा बिवाह गर्न नपाइने भए पनि यहाँका जिल्लामा मातृशिशु मृत्युदर र बालविवाहको चर्को समस्या छ । यी दुवै समस्या न्यूनीकरणका लागि  रूपन्देहीको गैँडहवा गाउँपालिकाले ‘बालिका बिमा अभियान’ चलाएको हाे । 

गाउँपालिकाका अध्यक्ष बछु केवटका अनुसार, २० हजार रुपैयाँ गाउँपालिकाको र ५ हजार रुपैयाँ अभिभावकको गरी गाउँपालिकामा जन्मने प्रत्येक बालिकाको २५ हजार रुपैयाँको बिमा गरिन्छ । छोरी २० वर्ष पुगेपछि मात्र निकाल्न मिल्ने बिमा रकम त्यतिञ्जेल रकम झण्डै चार लाख पुग्नेछ ।

केवट भन्छन्– ‘त्यतीबेला छोरीहरूका लागि यो रकम उच्च शिक्षा अथवा आत्मनिर्भरताका लागि काम लाग्ने छ ।’ पछिल्लो जनगणना अनुसार, ४७ हजार पाँच सय जनसंख्या रहेको गैँडहवामा अशिक्षाका कारण सबैले जन्मदर्ता नगर्ने हुँदा वार्षिक कति बालबालिका जन्मे भन्ने तथ्यांक छैन । त्यै पनि अभियान सुरु भएको चार वर्ष हुँदासम्म गैँडहवा गाउँपालिकामा २ सय ३१ बालिकाको बिमा भएको छ । 

बालिका बिमा अभियानको सुरुआतीताका आकर्षण त्यति धेरै नदेखिए पनि अहिले ह्वात्तै आकर्षण बढेको छ । आर्थिक वर्ष २०७५/०७६ सालमा छोरी बिमा अभियान सुरु हुँदा गैँडहवा गाउँपालिकाका २१ जना छोरीको मात्रै बिमा गरिएको थियो । यो संख्या आर्थिक वर्ष २०७७/०७८ मा आइपुग्दा ७५ जना पुगेको छ । 

गैँडहवाले गएको आर्थिक वर्ष ७५ जना छोरीको बिमा गरिदियो । त्योभन्दा अघिल्लो आर्थिक वर्षमा ६७ जनाको बिमा भएको थियो । यस अहिलेको आर्थिक वर्षको पहिलो चौमासिकमा मात्रै ६८ जना छोरीको बिमा भइसकेको छ । गाउँपालिकाकले ‘यो आर्थिक वर्षमा २५ लाख छुट्याइएको थियो । त्यतिले नपुग्ने देखिएको छ ।’ अभियानको प्रचारप्रसार र बढ्दो चेतनाका कारण छोरी बिमामा आकर्षण बढेको हो । ‘अहिले बिमा गर्न बहुत् लोड छ । दैनिक एक दुई जना आइरहेका छन् ।’

बिमा व्यवस्थापन र कार्यान्वयनका गाउँपालिकाले कार्यविधि बनाएको छ । कार्यविधिअनुसार, बालिका जन्मेको ३५ दिन वा सो आर्थिक वर्षभित्र जन्मदर्ता गरी अभिभावकले वडा कार्यालयमा बिमाका लागि निवेदन दिनुपर्छ । बालिका जन्मेको जन्मदर्तासहित निवेदन दिएपछि बाबुआमाको रु.५ हजार र गाउँपालिकाको २० हजार रुपैयाँ गरी बैंकमा २५ हजार रुपैयाँ जम्मा हुने व्यवस्था छ । कार्यविधि अनुसार बालिका २० वर्ष पुगेपछि मात्रै २५ हजारको साँवा-ब्याज निकाल्न पाइनेछ । गाउँपालिकाका अध्यक्ष केवट भन्छन्, ‘अहिले बिमा गरेका छोरीका लागि त्यति बेला करिब चार लाख रुपैयाँ बैंकमा जम्मा भइसकेको हुनेछ ।’

बालिका बिमाका लागि कार्यविधिमा मुख्य दुई वटा शर्त राखिएका छन्, जसले यो अभियानलाई महत्वपूर्ण बनाएको छ । कार्यवधिअनुसार गर्भवती महिलाले स्वास्थ्य संस्थामा नै ‘डेलिभरी’ गराएको हुनु पर्नेछ । त्यस्तै २० वर्षसम्म छोरीलाई विवाह गरिदिन पाइने छैन् । कार्यविधिमा रहेका यी शर्तले बिमालाई बालविवाह र मातृशिशु मृत्युदर कम गराउने महत्वपूर्ण अस्त्र बनाएको गाउँपालिका अध्यक्ष केटवको बुझाई छ । 

‘छोरीहरूको २० वर्ष अघि नै विहे भयो भने बिमा रकम पाइँदैन । स्कुल पनि पठाएकै हुनुपर्छ नत्र बिमा रकम रोकिन्छ,’ उनी भन्छन्–‘देहातमा बालविवाहको भयावह अवस्थालाई कम गर्न स्थानीयलाई चेतनशील बनाउने अभियानको रूपमा बिमा अभियान सुरु गरेका हौं ।’ गाउँपालिकाको योजनाअनुसार, २० वर्ष पुगेपछि बिमा गरेका छोरीका लागि बिमा रकमले आत्मनिर्भर बन्न प्रेरित गर्नेछ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ