२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भोलि होमोफोबिया, बाइफोबिया र ट्रान्सफोबियाविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइँदै

२०७९, २ जेष्ठ सोमबार ०९:५२

जेठ २, काठमाडौं | भोलि मंगलबार अर्थात १७ मे मा अन्तर्राष्ट्रिय होमोफोबिया, बाइफोबिया र ट्रान्सफोबियाविरूद्धको दिवस मनाइँदैछ । 'हाम्रो शरीर, हाम्रो जीवन, हाम्रो अधिकार' भन्ने विश्वव्यापी नाराका साथ दिवस मनाउन लागिएको हो । 

यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको पक्षमा वकालत गर्दै आएको संस्था मितिनी नेपालको आयोजना हुने कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुनलाई प्रमुख अतिथिको आमन्त्रण गरिएको छ ।

दिवसको अवसरमा गैरीधारास्थित सिल्भर ब्याङ्क्वेटमा आयोजित कार्यक्रममा सातवटै प्रदेशबाट यो समुदायका व्यक्तिहरू, महिला आयोग, राष्ट्रिय समावेशी आयोग, सूचना आयोग, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विभिन्न संघ संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहने मितिनी नेपालकी कार्यकारी अधिकृृत सरिता केसीले जानकारी दिइन् । उक्त कार्यक्रममा २०० भन्दा बढीको उपस्थिति रहने अपेक्षा गरिएको छ ।  

सन् १९९० मे १७ मा विश्व स्वास्थ्य संगठनले समलैंगिकतलालाई मानसिक रोगको सूचीबाट हटाई समलैंगिकता हुनु प्राकृतिक प्रक्रिया हो भनि घोषणा गरिएको दिनको स्मरणमा विश्वभर यो दिवस मनाइने गरिन्छ । 

दिवसको अवसरमा मितिनी नेपालसँगै यस क्षेत्रमा कार्यरत विभिन्न संघ संस्थाले विभिन्न कार्यक्रमको आयोजना गरेका छन् । यस दिनलाई संसारभर यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका व्यक्तिहरूले अन्तर्राष्ट्रिय स्तरमा विभिन्न कार्यक्रमको आयोजना गर्दै मनाउँदै आएका छन् । 

फरक यौनिकता र लैंगिकताकै कारण यो समुदायले भाग्दै आइरहेको असमानता, हिंसा, चुनौती, कष्टकर भोगाई र कठिन परिस्थितिहरूप्रति नीतिनिर्माता, आम जनता, नागरिक समाज सरकोरवाला संघसंस्थाको ध्यानाकर्षण गराउन यो दिवसले महत्वपूर्ण भूमिका खेल्ने मितिनी नेपालकी अध्यक्ष लक्ष्मी घलानले बताइन् । 

आफूहरूले हरेक व्यक्तिलाई सम्मानजनक जीवन जिउन पाउने अधिकारलाई उनीहरूको लैंगिकता र यौनिकताका आधारमा मूल्याकन गरिनु हुँदैन भन्ने आफ्नो मान्यता रहेको उनको भनाइ छ । 

समाजमा अझै पनि विभेद कायमै रहेको भन्दै भेदभाव, डर, हिंसा बिना आफ्नो पहिचान सार्वजनिक गर्ने र निर्णय लिन पाउने अधिकारको उपभोग गर्न नपाएको उनको भनाइ छ । 

यो समुदाय घरेलु तथा पारिवारिक हिंसाको उच्च जोखिममा रहेको भन्दै राज्यका कानुनले समेत आफूहरूमाथि विभेद गरेको घलानले बताइन् । हरेक वर्ष मनाइँदै आएको यो दिवस कोरोना महामारीको कारण यसअघिका तीन वर्ष मनाउन नसकिएको उनको भनाइ छ । 

 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते