२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

स्वास्थ्य

तौल कम गर्न प्लास्टिक सर्जरी गराउदा २१ वर्षिया नायिकाको मृत्यु

२०७९, ३ जेष्ठ मंगलवार १२:१२

जेठ ३, काठमाडौँ | एजेन्सी | कन्नड टिभी अभिनेत्री चेतना राजको निधन भएको छ । २१ वर्षकी चेतनाले बेंगलुरुको एक नीजि अस्पतालमा अन्तिम सास फेरिन् । भारतीय मिडियामा प्रकाशित समाचारका अनुसार केही दिन अघि उनले तौल कम गराउने प्लास्टिक सर्जरी गराएकी थिइन् । शल्यक्रियामा भएको गल्तीले भोलिपल्टदेखि नै उनको फोक्सोमा समस्या हुन थाल्यो र अन्ततः उनको निधन भयो ।


आमा–बुवालाई नभनी शल्यक्रियाः

रिपोर्टलाई विश्वास गर्ने हो भने उनले आफ्नो शल्यक्रियाबारे आमा–बुवालाई भनेकी थिइनन् र आफ्नो साथीलाई लिएर शल्यक्रिया गर्नका लागि अस्पताल भर्ना भएकी थिइन् ।

डाक्टरले लापरवाही गरेको आरोपः

शल्यक्रियापश्चात् नायिकाको शरीरमा केही समस्या हुन थाल्यो र उनको फोक्सोमा तरल पदार्थ जम्मा हुन थाल्यो । यसैका कारण उनको निधन भयो । नायिकाका आमाबुवाले डाक्टरले लापरवाही गरेको आरोप लगाए र अस्पतालको प्रशासनविरुद्ध उजुरी पनि दर्ता गरे ।

कसरी भयो नायिकाको मृत्यु ?

चेतनाको मृत्युबारे उनका ठूलोबुवाले जानकारी दिएका छन् । नायिकाका ठूलोबुवा राजप्पाले भने, ‘उनी मेरा भाइकी छोरी थिइन् । उनी कन्नड टेलिसिरियलमा काम गर्थिन् । कसैले उनलाई उनी मोटी देखिएको र तौल कम गर्नुपर्ने भनिदिएछ त्यसैले उनी आफ्नो बढेको बोसो कम गर्नका लागि शेट्टी अस्पताल पुगिन् ।’

उनी थप्छिन्, ‘अस्पतालमा आइसीयू थिएन र शल्यक्रिया भइसकेको थियो । शल्यक्रियापछि उनको फोक्सोमा पानी जम्मा हुन थाल्यो । त्यसपछि उनले चेतनालाई नजिकैको अर्को अस्पतालमा सारे । तर अस्पताल पुग्ने बित्तिकै डाक्टरले चेतनालाई मृत घोषणा गरिदिए ।’

चेतनाको कुरा गर्ने हो भने कन्नड टिभी इन्डष्ट्रिका एक चर्चित नायिका थिइन् । उनले थुप्रै टिभी शोमा काम गरेर आफ्नो विशेष पहिचान बनाए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते