२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ललितपुर - LLT

महिनावारी मातृत्व क्षमताको पहिचान हो, विभेद नगरौं : मन्त्री भुसाल

१४ जेष्ठ २०७९, शनिबार १०:३३

जेठ १४, ललितपुर | ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले महिलाको महिनावारी मातृत्व क्षमताको पहिचान भएकोले महिलालाई सम्मान गर्नुपर्ने बताएकी छन् । अन्तर्राष्ट्रिय महिनावारी दिवसका अवसरमा एक्पोज नेपालले शनिवार आयोजना गरेको जनचेतनामूलक साइकल यात्राका क्रममा उनले यस्तो बताएकी हुन् । 

उनले विगतमा जनचेतना अभावमा महिलाले ‌घरबाटै विभेद भोग्नु परेको उल्लेख गरे । मन्त्री भुसालले महिलाको स्वास्थ्यमा संघ, प्रदेश र स्थानीय सबै तहका सरकारले ध्यान दिनुपर्ने पनि बताइन् । उनले भनिन्, ‘यो गर्वको कुरो हो तर महिला हुनु पाप र अपराध होइन, महिलाको मातृत्व क्षमताको पहिचान हो ।’ उनले महिनावारीका समयमा महिलालाई सफा र स्वच्छ राख्नुपर्ने भएकाले त्यसका लागि सफा, स्वच्छ, पुनः प्रयोग गर्न मिल्ने प्याड प्रयोग गर्न जोड दिइन् ।

आयोजक संस्थाका अध्यक्ष ज्ञान महर्जनले एक्सपोज नेपालले सन् २००७ देखि नेपालमा महिलामाथि हुने सबैखाले हिंसाविरुद्ध आवाज बुलन्द गर्दै आइरहेको र नेपाली महिला महिनावारीका समयमा विभेदको सिकार हुने भएकाले विभेद हटाउन जोड दिँदै साइकल र्‍यालीको आयोजना गरेको बताए ।

बिहान साढे ७ बजे बसन्तपुरबाट सुरु भएको साइकल र्‍याली जमल, दरवारमार्ग, पुतलीसडक, अनामनगर, बिजुलीबजार, माइतीघर मण्डला, थापाथली, पुल्चोक, जावलाखेल, लगनखेल हुँदै मङ्गलबजारस्थित दरबार स्क्वाएर पुगेर समापन गरिएको थियो । र्‍यालीमा ३५० भन्दाबढी व्यावसायिक साइकलयात्रीको सहभागिता थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान