२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठमाडौंमा हैजाका बिरामी भेटिए, के के हुन् लक्षणहरु ?

२०७९, २ असार बिहीबार ११:४७

असार २, काठमाडौं | काठमाडौंमा हैजाको बिरामी भेटिएको पुष्टि भएको छ ।  टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा आज हैजाको बिरामी उपचारका लागि पुगेको अस्पतालका सूचना अधिकारी नवराज गौतमले जानकारी दिए । काठमाडौ मोडेल अस्पतालले ती बिरामीमा एन्टिजेन पोजेटिभ देखिएपछि रिफर गरी शुक्रराज अस्पतालमा पठाएको हो ।

उपत्यकामा भेटिए हैजाका बिरामी, यस्ता हुन्छन् लक्षणहरु – Sawal Media

हैजा पुष्टि भएकी महिलासँगै बस्ने अर्की महिलामा पनि लक्षण देखिएकाले हैजाको आशंका गरिएको अस्पतालले जनाएको छ । दुवैजनाको  आईसीयूमा उपचार भइरहेको छ । यस्तै, टेकु अस्पतालमा आजमात्रै झाडापखालाका बिरामी १२ जनाभन्दा बढि इमर्जेन्सी उपचारका लागि आएको उनले बताए ।

लक्षणहरु के के हुन्?

शरीरमा हैजाको जीवाणुको संक्रमण भएमा पातलो दिसा लाग्छ । योसँगै गोडा बाउँडिने, तारन्तार बान्ता हुने, छाला चाउरी पर्न थाल्ने, आँखा गाडिनुका साथै मुख सुक्‍खा हुने लक्षण देखिन्छ । यसका साथै रक्तचाप कम हुने, धेरै पसिना आउने, रिङ्गटा लाग्ने र टाउको अत्यधिक दुख्‍ने गर्छ ।  लामो समयसम्म उपचार नगरिए मुटुको धड्कन छिटो छिटो बढ्ने र बिरामी बेहोससमेत हुन्छ । अन्त्यमा रक्तसञ्चार बन्द भएर बिरामीको मृत्युसमेत हुने गर्छ ।

बच्ने उपाएहरु 

यसबाट जोगिन पानी राख्‍ने भाँडो सफा हुनुपर्दछ । भाँडो सफा हुँदा हुँदै पनि बाहिरको धुलो र किटाणु पर्नसक्ने भएकाले पानीलाई सधैँ छोपेर राख्‍नुपर्छ ।  सकेसम्म पानी उमालेर पिउनु पर्छ । अझ काठमाडौं उपत्यकाका धेरै ठाउँमा खानेपानीको पाइपमा ढल मिसिने भएकाले सकेसम्म खानेपनी फिल्टर गरी उमालेर पिउनुपर्छ ।  काँचो खानेकुरा सकेसम्म खानु हुँदैन । गाँजर, मूला, काँक्रो र स्याउ जस्ता नपकाई खान मिल्ने खानेकुरा राम्ररी सफा पानीले पखाल्नुपर्छ ।  बाहिरबाट घर आउनेबित्तिकै हातधुने बानी बसाल्नु पर्छ । सकेसम्म खाना बनाउनुअघि साबुन पानीले हात धुने बानी गर्नुपर्छ । खाना खानुअघि धोएको हात सफा कपडाले सुख्खा बनाएर मात्रै खाना खाने । साबुन नलगाई धोएको हातबाट हैजा रोकिँदैन । त्यसैले साबुनको प्रयोग राम्ररी गर्नुपर्छ ।

धेरै पेट दुख्ने, पखाला लाग्ने, वाकवाकी हुने, टाउको दुख्ने जस्ता समस्या देखिए स्वास्थ्यकर्मीलाई भन्‍ने र सकेसम्म छिटो चिकित्सकलाई देखाउनुपर्छ । यस्तै खानेपानी शुद्धीकरण गरेर पिउने, धमिलो पानीमा उमालेर वा पीयूषको प्रयोग गर्ने र  हावाबाट फैलने रोग सर्न नदिन मास्कको प्रयोग गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते