२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

१० सेकेन्डसम्म एउटा खुट्टामा उभिन नसक्नेलाई मृत्युको जोखिम उच्च

२०७९, ९ असार बिहीबार ०७:१५

असार ९, लन्डन | एजेन्सी | तपाइँमा एउटा मात्र खुट्ट टेकेर केही बेर उभिने बानी छ कि छैन् ? यदि छैन् भने केही सेकेन्डका लागि भए पनि उभिने प्रयास गर्ने कि ? किनकी एउटा पछिल्लो अध्ययनले कम्तीमा १० सेकेन्ड एउटा खुट्टामा उभिन नसक्ने वयस्क व्यक्तिमा मृत्युको जोखिम हुने गर्छ । ब्रिटिश जर्नल अफ मेडिसिनमा प्रकाशित अध्ययनमा यस्ताे दाबी गरिएको हो । 


बिनासहयोग उभिनेभन्दा साधारण सन्तुलन परीक्षणको साथ संघर्ष गर्ने स्वयंसेवकहरूमा आगामी १० वर्षमा मृत्यु हुने सम्भावना ८४ प्रतिशत रहेको अन्वेषकहरूले बताएका छन्। 

सन् २००९ मा ब्राजिलमा ५० वर्षभन्दा माथिका १ हजार ७०२ व्यक्तिहरूमा गरिएको फिटनेस र स्वास्थ्यको अध्ययनबाट उक्त नतिजा आएको हो । सहभागीहरूलाई एउटा खुट्टा उठाएर जमिन नछोइकन तल्लो खुट्टाको पछाडि राख्न भनिएको थियो । त्यस्तै, आफ्ना हातहरू छेउमा राखेर अगाडि हेर्न भनिएको थियो ।

सहभागीलाई तीन पटकसम्म त्यसो गर्न भनिएको थियो । पाँच जनामध्ये एक जना परीक्षणमा फेल खाएका थिए । फेल खानेहरु कमजोर स्वास्थ्य अवस्थाका थिए । 

विश्वभर लडेर हरेक वर्ष ६ लाख ८० हजारभन्दा बढी मानिसको मृत्यु हुन्छ । अनुसन्धानकर्ताहरूका अनुसार १० सेकेन्डको परीक्षणले मात्र जोखिममा परेकाहरूलाई सजिलैसँग पहिचान गर्न मद्दत गर्न सकिन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते