२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गर्मीमा गर्भपतनको सम्भावना उच्च

२०७९, १५ असार बुधबार ०६:४९

असार १५, न्युयोर्क | गर्भवती महिलामा गर्मीको समयमा गर्भपातको सम्भावना बढी हुने एउटा नयाँ अध्ययनले देखाएको छ । ८ वर्ष लामो अध्ययनमा परियोजनका अनुसन्धानकर्ताहरूले अमेरिकाका ६ हजार महिलाको गर्भावस्थाबारे ट्र्याक गरेका थिए । गर्भपतन दर उत्तरी गोलार्धमा परम्परागत गर्मी महिना–जुन, जुलाई र अगस्टमा उच्च देखिएको अध्ययन विश्लेषणमा देखिएको छ । 


सबैभन्दा बढी गर्भपतन दर अगस्टमा भएको थियो । फेव्रुवरीको तुलनामा अगस्टमा गर्भपतन दर ४४ प्रतिशत बढी थियो ।  आठ साताअघिको (जतिबेला भ्रूणको आकार रास्पबेरी जत्रो हुन्छ ) गर्भपतनको सम्भावना बढ्दो रहेको थियो । विशेषज्ञहरूले न्यानो मौसममा अत्यधिक गर्मी वा जीवनशैली गर्भपतनको कारक रहेको विज्ञहरू बताउँछन् । 

त्यस्तै, गर्भावस्थाको कुनै पनि हप्तामा गर्भपातको जोखिम फेब्रुवरीको अन्त्यको तुलनामा अगस्टको अन्त्यमा ३१ प्रतिशत बढी रहेको अध्ययनले देखाएको छ । 

बोस्टन युनिभर्सिटीका अध्ययन लेखक डा. अमेलिया वेसेलिंकले भनिन्, जब तपाईंले परिणाममा मौसमी भिन्नता देख्नुहुन्छ, यसले तपाईंलाई परिणामको कारणहरूको बारेमा संकेत दिन सक्छ । बोस्टन युनिभर्सिटीका अध्ययन लेखक डा. अमेलिया वेसेलिंकले भनिन, ‘कुनै पनि समय तपाईंले परिणाममा मौसमी भिन्नता देख्नुहुन्छ ।’

उनले अगाडि थपिन, ‘हामीले गर्भपातको जोखिम विशेष गरी आठ साताअघि गर्भपतन हुने ‘प्रारम्भिक’ गर्भपतनको जोखिम गर्मीमा सबैभन्दा बढी भएको भेट्टायौँ । ’

उनका अनुसार तातो गर्भधारणपछि देखिने अन्य परिणाम जस्तै पूर्व प्रसव, कम तौल, र मृत जन्मसँग सम्बन्धित छ । अध्ययन इपिडेमियोलोजी जर्नलमा प्रकाशित छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते