१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गर्मीमा गर्भपतनको सम्भावना उच्च

१५ असार २०७९, बुधबार ०६:४९

असार १५, न्युयोर्क | गर्भवती महिलामा गर्मीको समयमा गर्भपातको सम्भावना बढी हुने एउटा नयाँ अध्ययनले देखाएको छ । ८ वर्ष लामो अध्ययनमा परियोजनका अनुसन्धानकर्ताहरूले अमेरिकाका ६ हजार महिलाको गर्भावस्थाबारे ट्र्याक गरेका थिए । गर्भपतन दर उत्तरी गोलार्धमा परम्परागत गर्मी महिना–जुन, जुलाई र अगस्टमा उच्च देखिएको अध्ययन विश्लेषणमा देखिएको छ । 


सबैभन्दा बढी गर्भपतन दर अगस्टमा भएको थियो । फेव्रुवरीको तुलनामा अगस्टमा गर्भपतन दर ४४ प्रतिशत बढी थियो ।  आठ साताअघिको (जतिबेला भ्रूणको आकार रास्पबेरी जत्रो हुन्छ ) गर्भपतनको सम्भावना बढ्दो रहेको थियो । विशेषज्ञहरूले न्यानो मौसममा अत्यधिक गर्मी वा जीवनशैली गर्भपतनको कारक रहेको विज्ञहरू बताउँछन् । 

त्यस्तै, गर्भावस्थाको कुनै पनि हप्तामा गर्भपातको जोखिम फेब्रुवरीको अन्त्यको तुलनामा अगस्टको अन्त्यमा ३१ प्रतिशत बढी रहेको अध्ययनले देखाएको छ । 

बोस्टन युनिभर्सिटीका अध्ययन लेखक डा. अमेलिया वेसेलिंकले भनिन्, जब तपाईंले परिणाममा मौसमी भिन्नता देख्नुहुन्छ, यसले तपाईंलाई परिणामको कारणहरूको बारेमा संकेत दिन सक्छ । बोस्टन युनिभर्सिटीका अध्ययन लेखक डा. अमेलिया वेसेलिंकले भनिन, ‘कुनै पनि समय तपाईंले परिणाममा मौसमी भिन्नता देख्नुहुन्छ ।’

उनले अगाडि थपिन, ‘हामीले गर्भपातको जोखिम विशेष गरी आठ साताअघि गर्भपतन हुने ‘प्रारम्भिक’ गर्भपतनको जोखिम गर्मीमा सबैभन्दा बढी भएको भेट्टायौँ । ’

उनका अनुसार तातो गर्भधारणपछि देखिने अन्य परिणाम जस्तै पूर्व प्रसव, कम तौल, र मृत जन्मसँग सम्बन्धित छ । अध्ययन इपिडेमियोलोजी जर्नलमा प्रकाशित छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ