१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

सुत्केरी र जुम्ल्याहा शिशुलाई हेलिकोप्टरमार्फत अस्पताल लगियो

३२ असार २०७९, शनिबार १३:१७

असार ३२, खोटाङ | स्वास्थ्यमा समस्या देखिएपछि खोटाङको केपिलासगढी गाउँपालिका–४ बाक्सिलाकी ३० वर्षीय सुत्केरी उर्मिला बिक र नवजात शिशुलाई हेलिकोप्टरमार्फत अस्पताल लगिएको छ । 

जिल्ला अस्पताल दिक्तेलमा शुक्रबार राती शल्यक्रिया गरेर सुत्केरी भएकी उर्मिला र जुम्ल्याहा शिशुको स्वास्थ्यमा जटिल समस्या निम्तिएपछि राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गतको हवाई सेवाबाट खर्च व्यहोर्ने गरी शनिबार हेलिकोप्टरमार्फत काठमाडौं लगिएको हो । 

३० महिनामै बच्चा जन्मिएको, अवधि नपुग्दै जन्मिएका कारण नवजात शिशुको तौल कम भएकाले आइसियुमा राख्नुपर्ने अवस्था देखिएको र सुत्केरीको स्वास्थ्यमा पनि समस्या देखिएपछि अन्य रेफर गरिएको जिल्ला अस्पताल खोटाङका प्रमुख डा। नितु लामाले बताइन् । सुत्केरी तथा नवजात शिशुलाई प्रशुतीगृह थापाथली लगिएको छ । उर्मिला दोस्रोपल्ट सुत्केरी भएकी हुन् । प्रसव व्यथा लागेपछि उनलाई शुक्रबार राती जिल्ला अस्पताल भर्ना गरिएको थियो । 

जिल्ला अस्पतालको पत्रका आधारमा राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तरगतको हेलिकोप्टर व्यवस्थाका लागि जिल्ला प्रशासन कार्यालयले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रपति महिला उत्थान कार्यक्रम समन्वय इकाई, सिंहदरबारलाई पत्र पठाएको थियो । प्रशासनले पठाएको पत्रका आधारमा राष्ट्रपति महिला उत्थान कार्यक्रम समन्वय इकाईले सुत्केरी र नवजात शिशुको उद्धारका लागि हेलिकोप्टर पठाएको हो । ‘अवधि नपुग्दै शल्यक्रिया मार्फत बच्चा जन्मिएको छ । बच्चा एकदमकै सानो छ । तौल पनि कम छ,’ डा। लामाले भनिन्, ‘आइसियुमा राख्नुपर्ने अवस्था भएपछि सुविधा सम्पन्न अस्पताल लैजान रेफर गरेका हौँ । अप्रेसनका क्रममा आमालाई पनि गार्‍हो भएको थियो । अप्रेसन आमाको अवस्था ठिकै देखिएको छ ।’ 

स्वास्थ्य कार्यालयको पत्रको आधारमा प्रशासनको सिफारिसमा प्रसव व्यथाले समस्यामा परेका महिलाको उद्धार गर्ने गरिएको छ । राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गतको हवाई सेवाबाट दर्जनौं गर्भवती तथा सुत्केरी महिलाको उद्धार गरिसकिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार