२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

सुत्केरी र जुम्ल्याहा शिशुलाई हेलिकोप्टरमार्फत अस्पताल लगियो

२०७९, ३२ असार शनिबार १३:१७

असार ३२, खोटाङ | स्वास्थ्यमा समस्या देखिएपछि खोटाङको केपिलासगढी गाउँपालिका–४ बाक्सिलाकी ३० वर्षीय सुत्केरी उर्मिला बिक र नवजात शिशुलाई हेलिकोप्टरमार्फत अस्पताल लगिएको छ । 

जिल्ला अस्पताल दिक्तेलमा शुक्रबार राती शल्यक्रिया गरेर सुत्केरी भएकी उर्मिला र जुम्ल्याहा शिशुको स्वास्थ्यमा जटिल समस्या निम्तिएपछि राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गतको हवाई सेवाबाट खर्च व्यहोर्ने गरी शनिबार हेलिकोप्टरमार्फत काठमाडौं लगिएको हो । 

३० महिनामै बच्चा जन्मिएको, अवधि नपुग्दै जन्मिएका कारण नवजात शिशुको तौल कम भएकाले आइसियुमा राख्नुपर्ने अवस्था देखिएको र सुत्केरीको स्वास्थ्यमा पनि समस्या देखिएपछि अन्य रेफर गरिएको जिल्ला अस्पताल खोटाङका प्रमुख डा। नितु लामाले बताइन् । सुत्केरी तथा नवजात शिशुलाई प्रशुतीगृह थापाथली लगिएको छ । उर्मिला दोस्रोपल्ट सुत्केरी भएकी हुन् । प्रसव व्यथा लागेपछि उनलाई शुक्रबार राती जिल्ला अस्पताल भर्ना गरिएको थियो । 

जिल्ला अस्पतालको पत्रका आधारमा राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तरगतको हेलिकोप्टर व्यवस्थाका लागि जिल्ला प्रशासन कार्यालयले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रपति महिला उत्थान कार्यक्रम समन्वय इकाई, सिंहदरबारलाई पत्र पठाएको थियो । प्रशासनले पठाएको पत्रका आधारमा राष्ट्रपति महिला उत्थान कार्यक्रम समन्वय इकाईले सुत्केरी र नवजात शिशुको उद्धारका लागि हेलिकोप्टर पठाएको हो । ‘अवधि नपुग्दै शल्यक्रिया मार्फत बच्चा जन्मिएको छ । बच्चा एकदमकै सानो छ । तौल पनि कम छ,’ डा। लामाले भनिन्, ‘आइसियुमा राख्नुपर्ने अवस्था भएपछि सुविधा सम्पन्न अस्पताल लैजान रेफर गरेका हौँ । अप्रेसनका क्रममा आमालाई पनि गार्‍हो भएको थियो । अप्रेसन आमाको अवस्था ठिकै देखिएको छ ।’ 

स्वास्थ्य कार्यालयको पत्रको आधारमा प्रशासनको सिफारिसमा प्रसव व्यथाले समस्यामा परेका महिलाको उद्धार गर्ने गरिएको छ । राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गतको हवाई सेवाबाट दर्जनौं गर्भवती तथा सुत्केरी महिलाको उद्धार गरिसकिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा