दुर्घटनामा एकै परिवारका छ जनाको मृत्यु

Posted on: 12 Aug, 2022

साउन २७, काठमाडौं | एजेन्सी | गुजरातको आनन्दमा भएको सडक दुर्घटनामा ६ जनाको मृत्यु भएको  छ । तीव्र गतिमा रहेको अनियन्त्रित कारले अटो रिक्सा र मोटरसाइकललाई ठक्कर दिँदा ६ जनाको मृत्यु भएको प्रहरीले बताएको छ।


मृत्यु हुनेमा अटोरिक्सामा सवार चार जना र मोटरसाइकलमा दुई जना रहेका छन् । कारको ठक्करबाट उनीहरूको घटनास्थलमै मृत्यु भएको छ । 

दुर्घटनामा ज्यान गुमाउने सबै एकै परिवारका रहेको बताइएको छ । उनीहरू सबै जना रक्षा बन्धन पर्व मनाएर घर फर्किरहेका थिए ।

दुर्घटनामा कार चालक  गम्भीर घाइते भएका छन् ।  उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!