२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चीनमा फैलिएको नयाँ ‘लाङ्ग्या भाइरस’ के हो ? यो भाइरस कति खतरनाक ?

२०७९, २८ श्रावण शनिबार ०७:४३

साउन २८, बेइजिङ | चीनमा जुनोटिक लाङ्ग्या (Zoonotic Langya) नामक नयाँ भाइरस भेटिएको छ । ताइवान सेन्टर फर डिजिज कन्ट्रोलको जानकारी अनुसार लाङ्ग्या भाइरसको पहिलो केस चीनको मुख्य भूमिमा रहेको शानडोङ र हाइनान प्रान्तमा भेटिएको थियो । अधिकारीहरूले भाइरस पत्ता लगाउन र यसको फैलावट ट्र्याक गर्न न्यूक्लिक एसिड परीक्षण प्रक्रियाहरू प्रयोग गर्न सुरु गर्ने निर्णय गरेका छन्।


अहिलेसम्म कुनै पनि रिपोर्टले यो भाइरस मानिसबाट मानिसमा सरेको संकेत गरेको छैन । सेरोलोजिकल सर्भेपछि हालसम्म करिब २ प्रतिशत बाख्रा र ५ प्रतिशत कुकुर र अन्य घरपालुवा जनावरमा भाइरसको संक्रमण देखिएको छ ।

अनुसन्धानमा सहभागी वैज्ञानिकहरूले नयाँ पत्ता लागेको हेनिपाभाइरस जनावरबाट मानिसमा आएको हुनसक्ने बताएका छन् । संक्रमित व्यक्तिमा ज्वरो आउने, थकान लाग्ने, खोकी लाग्ने र वाकवाकी लाग्नेलगायतका लक्षण देखिन्छन् । प्रतिवेदनमा सान्डोङ र हेनानमा लाङ्ग्या हेनिपा भाइरसको संक्रमणका ३५ मध्ये २६ जनामा ​​ज्वरो, चिडचिडापन, खोकी, एनोरेक्सिया, माइल्जिया, टाउको दुख्ने, बान्ता हुने जस्ता लक्षण देखिएको छ ।

यो अहिलेसम्म धेरै घातक वा गम्भीर नभएको र आत्तिनुपर्ने अवस्था नरहेको विज्ञहरुको भनाइ छ । तर यसलाई हल्का रुपमा लिनु पनि उचित नहुने विज्ञहरुले बताएका छन् । किनभने प्रकृतिमा धेरै भाइरसहरू छन्, जसले मानिसहरूलाई पनि संक्रमित गरिरहेका छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल