१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

डेढ महीनामै ६ हजार ७०७ जनामा देखियो डेंगी

२२ भाद्र २०७९, बुधबार १२:३३

भदौ २२, काठमाडौँ | केही दिनयता तीव्ररुपमा फैलिँदै गएको डेंगी सातै प्रदेशका ६ हजार ७०७ जनामा देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबारसम्म ७५ जिल्लाका ६ हजार ७०७ जनामा डेंगी पुष्टि भएको हो। हजारौंमा डेंगीको लक्षण देखिएको छ।


साउन दोस्रो सातादेखि काठमाडौंमा डेंगी देखिन थालेको हो। अहिले भने सातै प्रदेशका ७५ जिल्लामा डेंगी पुष्टि भएको मन्त्रालयले जनाएको छ। डेंगीको संक्रमण सबैभन्दा बढी बागमती प्रदेशमा देखिएको छ। अहिलेसम्म बागमतीका पाँच हजार ६६ जनामा डेंगी देखिएको छ।

स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार, लुम्बिनीमा ९३३, प्रदेश १ मा २५६, सुदूरपश्चिममा १६१, गण्डकीमिा १२८, मधेशमा ११९ र कर्णालीमा ४४ जनामा डेंगी देखिएको छ। नेपालमा पहिलो पटक २०६१ सालमा डेंगी देखिएको थियो। त्यसयता वर्षेनी डेंगीको संक्रमण देखिँदै आएको छ। यस वर्ष भने प्रकोपकै रुपमा फैलिन थालेको छ।

डेंगीको प्रकोप देखिएका जिल्लामा ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गरिएको मन्त्रालयले जनाएको छ। विशेष गरेर डेंगीको संक्रमण देखिएका सातै प्रदेश, ७५ वटै जिल्ला र १३९ स्थानीय तह अभियान शुरू गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट