१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

औषधि खाँदा समस्या भयो वा मात्रा बिर्सिनुभयो ? यो नम्बरमा निःशुल्क फोन गर्नुहोस्

२८ आश्विन २०७९, शुक्रबार ०७:०५

असोज २८, काठमाडौं | हामी बिरामी हुँदा औषधि लिइरहेकाे समयमा कहिलेकाहिँ यसकाे मात्रा बिर्सन सक्छाैँ । अथवा कतिबेला कुन खाने भन्ने अन्याेलमा पर्न सक्छाैँ । त्यस्तै कुनै औषधिले नकारात्मक असर गरे जस्‍ताे पनि लाग्‍न सक्छ ।


बिरामी भएर औषधि लिँदा हामीलाई यी र यस्तै प्रश्‍न जिज्ञासा आउन सक्छन् । पुन: अस्पताल जान हामीलाई समस्या हुन सक्छ । यस्ताे अवस्थामा हामी कसलाई साेध्‍ने, के गर्ने जस्ता कुराहरुले घेरिएका हुन्‍छाैँ ।

हाम्राे यही समस्याकाे समाधान गर्न औषधि सूचना केन्द्र (drug information center – DIC) सञ्चालन भइरहेकाे छ । आम जनतालाई औषधिसम्बन्धी सूचना सेवा प्रदान गर्न फेक्ट नेपालकाे एक अङ्गका रुपमा गत वर्षदेखि याे केन्द्र सञ्चालनमा आएको हो ।

याे एक गैरसरकारी संस्थाकाे रुपमा सञ्चालन भइरहेकाे छ । औषघि सम्बन्धी सम्पूर्ण कुराहरुकाे साेधपुछका लागि यस संस्थाले विभिन्न सम्पर्क माध्यम उपलब्ध गराएकाे छ, जहाँबाट हामीले नि:शुल्क रुपमा फार्मासिस्ट र डाक्टरहरुबाट आफ्नाे जिज्ञासा/समस्यामा परामर्श पाउन सक्छाैँ ।

हाललाई संस्थाले बिहान ९ बजेदेखि बेलुका ४ बजेसम्मका मात्र कल उठाउने गरे पनि सामाजिक सञ्जालमा भने जहिल्यै प्रश्‍न गर्न सकिने छ । निकट भविष्यमा संस्थाले  चाैबिसै घण्टा फाेन कलबाट सेवा दिने याेजना बनाएकाे छ ।

यस संस्थाले उपलब्ध गराएकाे विभिन्न सम्पर्क माध्यमहरु:

टाेल फ्री नम्बर  166001-21-500

टेलिफाेन नम्बर  01-5913113

माेबाइल नम्बर  9801236161

फेसबुक पेज  https://www.facebook.com/dicnepal

इमेल  [email protected]

वेवसाइट  phectnepal.org/dic

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड