२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

औषधि खाँदा समस्या भयो वा मात्रा बिर्सिनुभयो ? यो नम्बरमा निःशुल्क फोन गर्नुहोस्

२०७९, २८ आश्विन शुक्रबार ०७:०५

असोज २८, काठमाडौं | हामी बिरामी हुँदा औषधि लिइरहेकाे समयमा कहिलेकाहिँ यसकाे मात्रा बिर्सन सक्छाैँ । अथवा कतिबेला कुन खाने भन्ने अन्याेलमा पर्न सक्छाैँ । त्यस्तै कुनै औषधिले नकारात्मक असर गरे जस्‍ताे पनि लाग्‍न सक्छ ।


बिरामी भएर औषधि लिँदा हामीलाई यी र यस्तै प्रश्‍न जिज्ञासा आउन सक्छन् । पुन: अस्पताल जान हामीलाई समस्या हुन सक्छ । यस्ताे अवस्थामा हामी कसलाई साेध्‍ने, के गर्ने जस्ता कुराहरुले घेरिएका हुन्‍छाैँ ।

हाम्राे यही समस्याकाे समाधान गर्न औषधि सूचना केन्द्र (drug information center – DIC) सञ्चालन भइरहेकाे छ । आम जनतालाई औषधिसम्बन्धी सूचना सेवा प्रदान गर्न फेक्ट नेपालकाे एक अङ्गका रुपमा गत वर्षदेखि याे केन्द्र सञ्चालनमा आएको हो ।

याे एक गैरसरकारी संस्थाकाे रुपमा सञ्चालन भइरहेकाे छ । औषघि सम्बन्धी सम्पूर्ण कुराहरुकाे साेधपुछका लागि यस संस्थाले विभिन्न सम्पर्क माध्यम उपलब्ध गराएकाे छ, जहाँबाट हामीले नि:शुल्क रुपमा फार्मासिस्ट र डाक्टरहरुबाट आफ्नाे जिज्ञासा/समस्यामा परामर्श पाउन सक्छाैँ ।

हाललाई संस्थाले बिहान ९ बजेदेखि बेलुका ४ बजेसम्मका मात्र कल उठाउने गरे पनि सामाजिक सञ्जालमा भने जहिल्यै प्रश्‍न गर्न सकिने छ । निकट भविष्यमा संस्थाले  चाैबिसै घण्टा फाेन कलबाट सेवा दिने याेजना बनाएकाे छ ।

यस संस्थाले उपलब्ध गराएकाे विभिन्न सम्पर्क माध्यमहरु:

टाेल फ्री नम्बर  166001-21-500

टेलिफाेन नम्बर  01-5913113

माेबाइल नम्बर  9801236161

फेसबुक पेज  https://www.facebook.com/dicnepal

इमेल  [email protected]

वेवसाइट  phectnepal.org/dic

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी