२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

स्वास्थ्य

यस्ता छन् दिनहुँ स्याउ खानुका फाइदा !

२०७९, ३ कार्तिक बिहीबार ०६:४५

कात्तिक ३, काठमाडौँ | स्याउमा भिटामिन, पोटासियम, क्याल्सियम, म्याग्नेशियम, फस्फोरस ,आइरन प्रोटिन लगायतका विभिन्न पोषक तत्वह पाईन्छन् । जसले हामीलाई डायविटिज, क्यान्सर लगायत विभिन्न रोगबाट बचाउने क्षमता राख्छ । स्याउ चिसो हावापानि भएको स्थानमा पाईने फल हो ।

सामान्यतया यसको रंग रातो वा हरियो हुन्छ । नेपालको कर्णाली अंचलमा विशेष गरि जुम्ला जिल्लामा प्रशस्त मात्रामा स्याउ पाइन्छ । स्याउ हाम्रो स्वास्थ्यको लागि एकदम गुणकारी छ । स्याउमा हाम्रो शरिरको लागि आवश्यक पर्ने विभिन्न पोषक तत्वह रहेका हुन्छन्।


स्याउमा प्रशस्त मात्रामा फाइबर, क्याल्सियम र एन्टिअक्सिडेन्ट पाइन्छ । स्याउमा पाइने यी पोषक तत्वले मानिसलाई निरोगी बन्न सघाउँछ । साथै, रोगप्रतिरोधी क्षमतासमेत बढाउँछ । स्याउमा प्रसस्त पाइने ‘प्याक्टिन्’ नामक फाइबर पनि शरीरको लागि धेरै नै फाइदाजनक मानिन्छ।

जान्नुहोस् अरु फाइदा: 

सेतो र स्वस्थ दाँत :  स्याउ चपाँउदा र टोक्दा निस्कने रयालले दाँत सड्नबाट बचाउनुको साथै ब्याक्टेरियाको संख्या घटाउछ।

एल्जाइमर हुन दिदैन : स्याउले मस्तिस्कलाई बुढो हुन दिदैन र हरदम स्वस्थ र तन्दुरुस्त राख्छ।

डायबीटीज हुन दिदैन : हरेक दिन एक दाना स्याउ खाने मानिसमा टाइप २ डायबीटीज हुने सम्भावना २८ प्रतिशतले कम हुन्छ।

कोलेस्टेरोल घटाउँछ :  स्याउमा पाइने घुलनसिल फाइबर आन्द्राको चिल्लो पदार्थसंग बाधिन्छ र शरीरमा कोलेस्टेटोलको मात्रा कम हुन्छ।

स्वस्थ मुटु :  स्याउमा पाइने फाइबरले धमनीका भित्ताहरुमा कोलेस्टेरोल जम्न नदिइ रक्तसञ्चारलाई स्वस्थ बनाई राख्छ।

पित्तथैलीको पत्थरी :  पित्तथैलीमा भएको पित्तमा कोलेस्टेरोलको मात्रा बढी भएमा त्यो जम्न गई पत्थरी हुन्छ। स्याउ खाँदा त्यसमा भएको फाइबरले कोलेस्टेरोलको मात्रा घटाई पित्तथैलीको पत्थरी हुन दिदैन।

झाडा पखला तथा कब्जियत : स्याउमा भएको फाइबरले झाडा पखलाको बेला धेरै पानी सोसी झाडा पखला नियन्त्रण गर्छ। त्यसैगरी कब्जियत भएको बेला त्यहि फाइबरले कोलनबाट पानी तानी कब्जियत निकोपार्न मद्दत गर्छ।

तौल नियन्त्रण : धेरै नसर्ने रोगहरु जस्तै मुटुरोग उच्चरक्तचाप मधुमेह आदि शरीरको तौलसंग सम्वन्धीत हुन्छ। स्याउमा पाइने धेरै फाइबर र कम क्यालोरीले शरीरको तौल नियन्त्रण गर्न मद्दत गर्छ।

कलेजोको शुद्धिकरण :  शरीरमा छिर्ने खानामा धेरै विषालु पदार्थहरु रहेका हुन्छन्। त्यसलाई शरीरको रक्तसञ्चार प्रक्रियासम्म पुग्नबाट रोक्ने काम कलेजोले गर्छ। जसले गर्दा कलेजोमा विषालु पदार्थ भरिएको हुन्छ। स्याउ एक त्यस्तो फल हो जसले कलेजोलाई शुद्ध र सफा गर्न मद्दत गर्छ।

रोगप्रतिरोधात्मक क्षमता : स्याउमा पाइने क्यूएरसेटिन नामक एन्टी अक्सिडेन्टले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते