२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

स्वास्थ्य

विश्वकै सबैभन्दा ठूलो हिरा लिलामी हुँदै, बालिकाले फोहोरको थुप्रोमा भेटेकी थिइन्

२०७९, ६ कार्तिक आईतवार ०७:०३

कात्तिक ६, काठमाडौँ | विश्वको सबैभन्दा ठूलो रंगिन हिराको डिसेम्बरमा लिलामी हुँदैछ । न्युयोर्कमा हुने लिलामीमा सोदबी नामको अक्सन हाउसले यो हिराबाट १५ मिलियन डलर (१ अर्ब ९६ करोड रुपैयाँ) पाउने अनुमान छ । नाशपातीको आकारको यो हिरा विश्वको सबैभन्दा ठूलो पोलिस्ड हिरा हो । यो हिराको नाम गोल्डन केनरी हो र यसको तौल ३०३.१० क्यारेट हो ।

अक्सनका लागि यो हिराको बेस प्राइस एक डलर मात्रै राखिएको छ । यसका लागि कुने पनि रिजर्भ मूल्य छैन । त्यसैले हिराको मूल्य कम्तीमा १५ मिलियन डलरसम्म पुग्नसक्छ ।


यो हिराको इतिहास रोचक छ

यो हिराको इतिहास निकै रोचक छ । बिजनेस टुडेको वेबसाइटमा छापिएको खबर अनुसार सन् १९८० को दशकको सुरुवातमा डेमोक्रेटिक रिपब्लिक कंगोमा एक बालिकाले आफ्नो काको आँगनमा खेलिरहेका बेला फोहोरको थुप्रोमा भेटेकी थिइन् । त्यतिबेला राज्यको स्वामित्व भएको हिरा खानी एमआइबीएका उत्खननकर्ताले यसलाई धेरै भारी र ठूलो भएका कारण फ्याँकेका थिए ।

उत्खननकर्ताले फोहोर ठानेका थिए

उत्खननकर्तालाई थाहै थिएन कि फोहोर ठानिएको यो वस्तु खासमा ९८० क्यारेटको कच्चा हिरा हुनसक्छ । बालिकाले उक्त हिरा भेटेपछि यसलाई आफ्नो काकालाई दिइन् । उनले यसलाई एक स्थानीय हिरा व्यापारीलाई बेचेका थिए ।

हिरालाई पहिलो पटक सन् १९८४ मा अमेरिकामा स्मिथसोनियन नेशनल म्युजियम अफ नेचुरल हिस्ट्रीमा मानिसहरुको अगाडि पेश गरेका थिए । लगभग पाँच वर्षमा कच्चा हिरालाई १५ फिनिस्ड स्टोनमा काटियो । यसमा सबैभन्दा ठूलो फेन्सी गहिरो खैरो–पहेँलो रङको हिराको तौल ४०७.४९ क्यारेट थियो । त्यसपछि यसको रङ र आकारमा सुधार गरियो । यतिबेला यसको तौल कम भयो । यो हिराको फाइनल आकारलाई ‘द गोल्डन केनरी’ नाम दिइयो । पहेँलो रङको हिरा अन्त्यन्त दुलर्भ हो, जुन उत्खनन गरिएका सबै हिराको ०.००६ प्रतिशत छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते