२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

स्वास्थ्य

परीक्षामा चिटिङ रोक्ने गज्जबको आइडिया

८ कार्तिक २०७९, मंगलवार ०८:४२

कात्तिक ८, काठमाडौँ | एजेन्सी | परीक्षा हलहरू सामान्यतया उदास र गम्भीर हुन्छन् । तर फिलिपिन्सको लेगाजपी सहरको बिकोल युनिभर्सिटी कलेज अफ इन्जिनियरिङका विद्यार्थीहरूले परीक्षालाई रंगीन बनाएका छन् । उनीहरुले परीक्षाका क्रमममा लगाएको ‘चीट विरोधी टोपी’ सामाजिक सञ्जालमा भाइरल भएको छ ।

फिलिपिन्सको लेगाजपी सहरको बिकोल युनिभर्सिटी कलेज अफ इन्जिनियरिङका विद्यार्थीलाई उत्तरपुस्तिका नदेख्ने गरी ‘हेडगेयर’ लगाउन भनियो ।


कलेजले दिएको निर्देशन अनुसार विद्यार्थीले घरमा पाइने कार्डबोर्ड, अण्डाको बाक्सा तथा पुन: प्रयोग गरिएका सामग्रीहरूबाट ‘हेडगेयर’ बनाए । र परीक्षामा सहभागी भए । जुन तस्वीर अहिले सामाजिक सञ्जालमा भाइरल भएको हो ।

उनीहरुकी शिक्षिकाले विद्यार्थीमा निष्ठा र इमान्दारिता सुनिश्चत गर्नका लागि रमाइलो माध्यम खोज्दै थिइन् । बिकोल युनिभर्सिटी कलेज अफ इन्जिनियरिङका मेकानिकल इन्जिनियरिङकी प्राध्यापक मेरी जोय मन्डेनले यो आइडिया निक्कै नै प्रभावकारी भएको बताइन् ।

उनले विद्यार्थीलाई सामान्य कागज प्रयोग गरेर दायाँ बायाँ हेर्न नमिल्ने सामान बनाउन आफूले आग्रह गरेको बताइन् । शिक्षिकाको आग्रह अनुसार फिलिपिन्सका इञ्जिनियरिङका विद्यार्थीले पाँच मिनेटै यो ‘हेडगेयर’ बनाएका थिए । जसमध्येका केही त निक्कै प्रभावकारी र सिर्जनात्माक पनि थिए । केहीले शिक्षिकाको आग्रह मान्नका लागि टोली, हेलमेट तथा हेलोवीन मास्क पहिरिएका थिए ।

सन् २०१३ मा थाइल्याण्डकी एक जना विद्यार्थीले अगाडि मात्र हेर्न मिल्ने तर दायाँ बायाँ हेर्न नमिल्ने गरी कागजले अनुहार ढाकेको तस्वीर सार्वजनिक भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो