२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

स्वास्थ्य

वाश बेसिन फुटाउँदा भाँचियो टाइगरको खुट्टा

२०७९, १४ कार्तिक सोमबार ०८:२७

 एजेन्सी | बलिउडका एक्सन स्टार हुन् टाइगर श्राफ। 'हिरोपन्ती' बाट बलिउडमा डेब्यु गरेका अभिनेता सुरुआतदेखि नै एक्सन स्टारका रुपमा परिचित छन्।

हालै एक एक्सन स्टन्ट गर्दा उनको खुट्टा भाँचिएको छ। भारतीय सञ्चारमाध्यम बलिउड ह‌ंगामाका अनुसार एक्सन सिन छायांकन भइरहेको बेला ‘वाश बेसिन’ फुटाउने क्रममा उनको खुट्टा भाँचिएको हो।


टाइगर श्राफ बलिउडका थोरै अभिनेताहरू मध्ये एक हुन् जसले बडी डबल बिना कुनै पनि एक्सन र स्टन्ट दृश्यहरू तान्न सक्छन्। अभिनेताले कहिले काँही आफ्नो कसरत झलकहरू आफ्ना फ्यानहरु माझ सार्वजनिक गर्छन्।

टाइगरले इन्स्टाग्राममा एक भिडिओ सार्वजनिक गर्दै यसबारे जानकारी दिएका छन्।

‘कन्क्रिट वाश मेसिन भाँच्दा मेरो खुट्टा भाँचियो। मैले आफूलाई जति बलियो ठानेको छु त्योभन्दा वाश बेसिन बलियो थियो। अन्ततः वाश बेसिन पनि फुट्यो नै,’ उनले लेखेका छन्। उनले कुन फिल्मकाे छायांकन गर्दा खुट्टा भाँचिएकाे हाे भन्नेबारे भने खुलाएका छैनन्। 

उनी पछिल्लो समय 'हिरोपन्ती २' मा देखिएका थिए। प्रदर्शन अगाडि फिल्मको चर्चा भए पनि फिल्मले बक्स अफिसमा राम्रो कमाइ गर्न सकेन। उनी आगामी फिल्म ‘गणपत’ र बडे मियाँ छोटे मियाँ’ मा देखिनेछन्।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते