१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एउटा लामखुट्टेले टोक्दा कोमामा, गर्नुपर्यो ३० वटा शल्यक्रिया

१४ मंसिर २०७९, बुधबार ०६:०२

मङ्सिर १४, काठमाडौँ | लामखुट्टेले सार्ने डेंगु रोगबाट पछिल्लो समय नेपालमा धेरै मानिस प्रभावित भए । केही मानिसले यसबाट ज्यान पनि गुमाए । उता जर्मनीमा भने लामखुट्टेले टोक्दा एकजना व्यक्ति कोमामा पुगेका छन् । उनको उपचारको क्रममा ३० वटा शल्यक्रिया गर्नुपरेको छ ।

समाचार अनुसार ती युवकलाई लामखुट्टेले उनको जाँघमा टोकेको थियो । सामान्य रुपमा लामखुट्टेले टोकेको ठाउँमा केहीबेर चिलाएर सन्चो हुनुपर्ने थियो । तर उनको हकमा त्यस्तो भएन । लामखुट्टेले टोकेको ठाउँमा असहज महसुस हुनथाल्यो र त्यहाँबाट संक्रमण फैलिँदा उनी अस्पतालमै भर्ना हुनुपर्यो ।


अस्पताल भर्नापछि पनि उनको समस्या रोकिएन । उनको स्वास्थ्यमा अन्य विभिन्न समस्या आउन थाले । अस्पतालमा भर्ना भएका ती युवकको शरीरमा संक्रमण यति धेरै फैलियो कि कलेजो, मृगौला, मुटु तथा फोक्सो समेतले काम गर्न छाडे ।

डाक्टरहरुले सुरुमा उनको जाँघको शल्यक्रिया गरे । त्यसपछि उनको स्वास्थ्य अवस्था सामान्य होला भन्ने अपेक्षा थियो । तर अवस्था सुधार हुनुको साटो संक्रमण झनै फैलियो । त्यसपछि उनको जाँघमा विभिन्न प्रकारका छाला सम्बन्धी चिजहरु प्रत्यारोपण गर्नुपर्यो ।

स्वास्थ्य बिग्रिँदै र नयाँ–नयाँ समस्या देखिँदै जाँदा साना ठूला गरी उनका ३० वटा शल्यक्रिया गर्नुपर्यो र उनी कोमामा गए ।

उनलाई लामखुट्टेले टोकेको केही महिना अगाडि नै हो । तर हालै उनी कोमामा पुगेपछि त्यसले चर्चा पाएको छ ।

ती व्यक्तिलाई एसियन टाइगर प्रजातिको लामखुट्टेले टोकेको थियो । यसलाई लामखुट्टेको खतरनाक प्रजाति मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह