१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रजनन् स्वास्थ्य अधिकार कानुनी क्लिनिक स्थापना

२३ मंसिर २०७९, शुक्रबार ०३:१०

मङ्सिर २३, काठमाडौँ | सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ अनुसार प्रजनन् स्वास्थ्य अधिकार कानुनी क्लिनिकको स्थापना गरिएको छ । 

प्रजनन् स्वास्थ्य अधिकारका विषयमा जानकार्ी दिन क्लिनिक खोलिएको ‘यौन तथा प्रजनन् स्वास्थ्य र लैङ्गिक हिंसाबीचको अन्तर सम्बन्ध’ विषयक बिहीबार राजधानीमा आयोजित कार्यक्रममा जानकारी दिइयो । महिला, कानुन र विकास मञ्चले क्लिनिक खोलेको सो अवसरमा जानकारी गराइयो ।

क्लिनिकबाट प्रजनन् स्वास्थ्य अधिकारका विषयमा जानकारी लिन तथा स्वास्थ्य सेवाबारे सल्लाह लिन चाहनेलाई सेवा दिन थालिएको छ । मञ्च र आइपास नेपालले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका उपसचिव रोशनीदेवी कार्कीले प्रजनन् स्वास्थ्य अधिकारलाई मन्त्रालयले प्राथमिकतामा राखेको बताउनुभयो ।

एकद्वार सङ्कट व्यवस्थापन केन्द्रका सम्पर्क व्यक्ति प्रतीक्षा नेपालले हिंसाबाट पीडित भएकाका लागि उपचार गर्न केन्द्रको सुरुआत गरिएको बताउनुभयो । हाल ७७ जिल्लाका ९४ स्थानका सरकारी अ्स्पतालबाट यो सेवा दिइएको छ ।

प्रहरी प्रधान कार्यालयका प्रहरी नायब उपरीक्षक छिरिङकिपा लामाले प्रजनन् स्वास्थ्यसम्बन्धी हिंसालाई पनि लैङ्गिक हिंसामा राखिनुपर्ने आवश्यकता औँल्याउनुभयो । कार्यक्रममा मञ्चका अधिवक्ता नवीनकुमार श्रेष्ठ, आइपासका माधवी बज्राचार्यलगायतले संविधानमा उल्लेख गरिएको प्रजनन् स्वास्थ्य अधिकार सुनिश्चित गर्न आवश्यक काम गरिनुपर्नेमा जोड दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह