५४ छोराछोरी र ६ श्रीमती भएको ट्रक चालकको निधन !

Posted on: 12 Dec, 2022

मङ्सिर २६, काठमाडौँ |  ट्रक चलाएर ६ पत्नी र ५४ बच्चा पाल्दै आएका व्यक्तिको निधन भएको छ ।

पाकिस्तानको नोशकीका अब्दुल मजीद मुटुरोगी थिए । उनले पहिलो विवाह १८ वर्षको उमेरमा गरेका थिए । उनले कूल ६ विवाह गरेका थिए । यीमध्ये २ पत्नीको निधन भइसकेको छ ।

उनका ५४ बच्चा भएका थिए, जसमध्ये १२ जनाको निधन भइसकेको छ भने ४२ बच्चा जिउँदैछन् । जीवितमध्ये २२ छोरा र २० छोरी छन् ।


उनका छोरा शाह वलीले भने, ‘५४ बच्चाको आवश्यकता पूरा गर्नु सजिलो काम हुँदैन तर हाम्रो बुवा पूरै जिन्दगी यसै काममा लाग्नुभयो, बुढेसकालमा पनि मृत्यु हुनुभन्दा ५ दिनअघिसम्म उहाँ परिवारको रोजीरोटीका लागि गाडी चलाउँदै हुनुहुन्थ्यो ।’

ठूलो परिवारको आवश्यकता पूरा गर्न बुवाले कहिल्यै पनि आराम नगरेको वली बताउँछन् । अब्दुल मजिल र उनको ठूलो परिवार २०१७ मा पहिलो पटक चर्चामा आए। त्यसबेला पाकिस्तानमा जनगणना चलिरहेको थियो। २०१७  को जनगणना अघि, क्वेटाका जान मोहम्मद खिलजी सबैभन्दा धेरै बच्चाहरूको पिता भनेर चिनिन्थ्यो। त्यतिबेला उनका ३६ जना सन्तान थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!