१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लकडाउन खोलेपछि चीनमा ह्वात्तै बढ्यो कोरोना संक्रमण, २१ लाखजनाको मृत्यु हुन सक्ने प्रक्षेपण

४ पुष २०७९, सोमबार ०५:२५

पुस ४, काठमाडौँ | एक नयाँ विश्लेषणअनुसार चीनमा आगामी केही महिनामा कोरोना संक्रमणले २१ लाख मानिसको मृत्यु हुन सक्ने प्रक्षेपण गरिएको छ । 

चिनियाँ जनताले शून्य कोभिड नीतिअन्तर्गतको कठोर लकडाउनको विरोध गरेपछि सरकारले त्यसलाई खुकुलो बनाएको थियो । तर त्यसपछि बढेको संक्रमणले चिनियाँ अधिकारीहरूलाई चिन्तित बनाएको छ ।

चिनियाँहरूमा कमजोर रोगप्रतिरोधात्मक शक्ति तथा कम खोप लगाइएको कारण भाइरस फैलिरहेको हो । 


एयरफिनिटी नामक स्वास्थ्य तथ्यांक विश्लेषण कम्पनीको भविष्यवाणी अनुसार, चीनमा अहिलेदेखि मार्च महिनासम्म १३ लाखदेखि २१ लाखजनाको मृत्यु हुन सक्छ । 

हङकङमा शून्य कोभिड नीति खुकुलो बनाएपछि बढेको संक्रमणलाई आधार बनाएर चीनको भविष्यवाणी गरिएको हो । त्यहाँ पनि कम मानिसले खोप लगाएका थिए । 

उक्त कम्पनीकी एक प्रवक्ताले भनिन्, ‘हाम्रो विश्लेषणअनुसार मृत्युहरू जनवरी महिनामा चरममा पुग्छ । ’पूर्व कूटनीतिकर्मी तथा चीनविशेषज्ञ रोजर गारसाइडले चिनियाँहरूको सम्भावित मृत्युले राष्ट्रपति सी चिनपिङको शासन खतरामा पार्ने बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह